गण्डकी प्रदेशका लोकबाजाहरु प्रदर्शन आज गण्डकी प्रदेशका बाजाका धुनहरु प्रस्तुत गरिदै

हुम तमु पोखरा, २० मंसिर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा पोखरामा गण्डकीका धूनहरु कार्यक्रम शुरु भएको छ। दुईदिने कार्यक्रमको पहिलो दिन शुक्रवार गैह्रापाटनस्थित कुमुदिनी होम्समा लोपोन्मुख बाजा प्रदर्शन गरिएको थियो। बाजा प्रर्दशनीमा विद्यार्थीहरु अवलोकनका लागि भिड नै लागेको थियो। लोपोन्मुख नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उद्धेश्यसहित आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रचलित एवम लोपोन्मुख बाजा प्रदर्शनी गरिएको छ। यसरी नै शुक्रवार गण्डकीका धुनहरु विषयक विचार गोष्ठी पोखरामासम्पन्न भएको छ । कार्यक्रममा हिमाली भेग उपल्लो मुस्ताङमा प्रचलनमा रहेको लोक बाजा टुङ्गनाको…

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

काठमाडौं सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी छिन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबल अन्तर्गत नेपाल ले माल्दिभ्सलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । पोखारा रङ्शालामा आज (बिहीबारं) माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोली तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गरिन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले…

मतदाताहरु भन्छनः उम्मेदवार धर्मराज गुरुङ खोजे जस्तै नेतादेखि कुलमानसम्म (तस्वीर सहित)

हुम तमु पोखरा, २ मंसिर निर्वाचन नजिकिदै गर्दा कास्की क्षेत्र नं.२ मा समाजवादी पार्टीले चुनावी अभियान तिब्र बनाएको छ। उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन सोमवार पोखरा महानगर वडा नं. १५, १७, ७, ३३, २० र १६ मा चुनावी अभियानहरु गरिएको छ। पटनेरीस्थित नेपाल मगर संघ ढुंगेसाँघु इकाई समितिको सभाहलमा आयोजित कार्यक्रममा नमुना आमा समुहसहित स्थानीयबासीले उमेदवार गुरुङलाई फुलमालाले स्वागत गरिएको थियो। समाजवादी पार्टी वडा नं. १५ का अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमेदवारले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने पार्टीका नगर सदस्य मिनबहादुर गुरुङले चोटिला मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो।…

सिमा मिच्दा नबोल्ने नेकपाका अध्यक्षहरु नामर्दाः हुन् उमेदवार गुरुङ

हुम तमु पोखरा, १ मंसिर मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुनगइरहेको प्रतिनीधिसभाको उपनिर्वाचनको चुनावी प्रचार प्रसार तिब्र भइरहेको छ। समाजवादी पार्टीका उमेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई मतदानका लागि आग्रह गर्दै आइतबार पोखरा १५ मा घरदैलो र टोल टोलमा चुनावी कोणसभाहरु सम्पन्न गरिएको छ। कालिका मन्दिर चौतारोमा आयोजित कार्यक्रममा बयोबृद्धा ८३ वर्षिया चिजकुमारी गुरुङले विजयीको शुभकामनासहित टिका, फूलमाला र खादा लगाएर प्रारम्भ गरिएको घरदैलो कार्यक्रम बिरेन्द्रचोक, राममन्दिर, पेन्सन क्याम्प, घलेचोक, खरबारी, नयाँगाउ, हरियोखर्क, बन विज्ञान क्याम्पस, प्रतिभा मार्ग, लक्ष्मी टोल लगायतको क्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न गरिएको हो। उमेदवार…

वडा नं.१७ मा ई.धर्मराज गुरुङलाई जिताउन कार्यालय स्थापना

हुम तमुपोखरा, २६ कार्तिककास्की क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बन्नु भएका ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन वडा नं.१७ मा निर्वाचन परिचालन कार्यलय स्थापना गरिएको छ । कार्यालयको उम्मेदवार ई.धर्मराज गुरुङले उदघाटन गर्नुभएको हो ।कार्यक्रममा उहाले भारतले नेपालको भुभाग मिचेकोमा बिरोध जनाउदै राष्ट्रियताका सबै नेपाली एक हुनुपर्ने बताउनुभयो । तर भारतिय हस्तक्षेप बिरुद्द आवाज उठाउनेलाई नेकपा सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउनु भयो । उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी समान कानुन, सुशासन, समृद्द मुलुक निर्माण, सिस्टममा चल्ने मुलुक र बिदेशमा बटुलेको अनुभव मुलुकको…

समाजबादी पार्टीको घरदैलो तिव्र

पोखरा कास्की क्षेत्र नं. २ मा निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । समाजबादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । लामो समय युएनमा काम गरेका इन्जिनियर धर्मराज गुरुङलाई यति बेला मत माग्न भ्याईनभ्याई छ । समाजबादी पार्टीले सोमबार नयाँ गाउँमा र तमुधीको कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको थियो । नयाँ गाँउमा भएको घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले भने–‘चिल्ला कुरा गर्नेहरुले देश डुवाए अव काम गर्नेहरुलाई भोट दिनुस । समाजबादी पार्टीले गफ गर्दैन काम गरेर देखाउछ । गुरुङ समुदायबाट एक मात्र उम्मेदबार रहेका धर्मराजले यस…

कास्की क्षेत्र नं.२ मा समाजवादीको उम्मेदवार ई.धर्मराज गुरुङ

हुम तमु पोखरा, १८ कार्तिक मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुने प्रतिनिधीसभा सदस्यको उपनिर्वाचनमा बैकल्पिक राजनीतिक शक्ति दावी गरिरहेको समाजवादी पार्टीले इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ। समाजवादी पार्टीको केन्द्रीय समितिकिो पदाधिकारी बैठकले आइतवार विहान कास्की क्षेत्र नं. २ मा भुपू सैनिक पृष्ठभुमिका पार्टीका प्रदेश सदस्य गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। समाजवादी पार्टी गण्डकी प्रदेशले गुरुङसहित केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष हेमबहादुर थापा किरण र अर्का केन्द्रीय सदस्य रामबहादुर नेपालीलाई सिफारिस गरेको थियो। यस्तै गरी बाग्लुङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि अशोककुमार विश्वकर्मालाई उम्मेदवारी प्रस्तुत…

सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरद्वारा थाप्लेको अवलोकन भ्रमण

हुम तमु पोखरा, १६ कार्तिक स्याङजा जिल्ला, अर्जुनचौपारी गाँउपालिका, वडा नं. ६ दरौंस्थित थाप्ले भ्यु टावर तथा रिसोर्टको शनिवार पोखरा मुस्ताङ चोकस्थित सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरका सदस्यहरुले अवलोकन भ्रमण गरेका छन्। समृद्ध नेपाल निर्माणका लागि पर्यटकीय केन्द्र बन्दै गइरहेको थाप्लेको सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरका १८ जना सदस्यहरुले अवलोकन गरेका हुन। थाप्लेमा पुगेका सेन्टरका सदस्यहरुलाई थाप्ले विकास तथा व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङ र थाप्लेलाई पर्यटकीय केन्द्र निर्माणका परिकल्पनाकार मेजर लक्ष्मी प्रसाद गुरुङले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो। २१ सय ४५ मिटरको उचाईमा अवस्थित स्याङजाको धेरै ठाँउ र पोखरासमेत…

कास्की क्षेत्र नं.२ मा समाजवादी पार्टिको चुनाव प्रचार समिति गठन

हुम तमु पोखरा, १४ कार्तिक मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ। समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो। उपनिर्वाचनमा बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउन समेत विभिन्न उपसमितिहरु समेत गठन गरेको छ। पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३…