कमला प्रधान तामाङ लाई नगद ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग

काठमाडौ २१ भदौ नेपाल अञ्जना क्रियसन र दुप्चेश्वर मिडियाको आयोजनमा ब्लड क्यान्सरका पीडित कमला प्रधान (तामाङ) बचाउ अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रम बाट संकलित रकम बिरामी कमला प्रधान तामाङ लाई नगद ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । शनिबार जोरपाटी स्थित बाहुनधारामा ओयोजित बृहत सांस्कृतिक कार्यक्रममा बिरामीका श्रीमान अनिस तामाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । कमलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक बैरागी मोक्तानले जानकारी दिए । मोक्तानले अभियान कमलाको उपचार नहुन्जेल निरन्तर जारी रहने बताए । रामेछाप लिखु तामाकोशी गाउँपालिका- ५ की कमला विगत…

नेपालका कम्युनिष्टहरूले सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई खतराको घण्टी ठाने । – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, १८ भाद्र । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको बताए । उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बताएको हो ।  कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही जातीय पार्टीहरूले कार्ल मार्क्सले वर्गीय मुक्तिको कुरा मात्र उठाएको भ्रम छरेको बताउँदै भने, ‘बेलायतमा अङ्ग्रेजहरूद्वारा आइरिसहरूमाथि दमन हुँदा बेलायत जस्तो बहुजातीय देशमा सङ्घीय शासनको आवश्यकताबारे सन् १८६७ मा त्यहाँका श्रमजीवीहरूलाई लेखेको पत्र र लेखहरूमा उल्लेख…

बाच्ने इच्छा हुदाहुदै आज उनी आफ्नै मृत्यु पर्खिरहेको भान गर्दै संघर्ष गरिरहेका छन

काठमाडौ १८ भदौ रामकृष्ण ब्लोन तामाङ डाक्टरले अनावश्यक अप्रेसन गरेपछि १४ वर्षीय बालक आज उपचार गर्नै नसकिने अवस्थामा मृत्युु संग संघर्ष गरिरहेका छन। जेष्ठ २ गते स्कुल जाने क्रममा साइकलबाट लडेर घाइते भए । उनलाई तत्काल विराटनगरको नोबेल हस्पिटलमा पुराए । सायद सबैलाइ लागेको हुनुपर्छ अब हस्पिटलमा पुगेपछि पक्कै निको भएर आउछ्न किनकी प्राय हस्पिटलमा गएपछि रोग थपेर या विराम थपेर कोहि आउदैनन । त्यसैले सबैले त्यही विश्वास गरेका थिए तर अहिले हस्पिटलले पनि विश्वासघात गरेको छ। हस्पिटल बाट निको भएर आउनु पर्ने बच्चा आज झनै रोग थपेर आएका मात्रै…

किरात राई विद्यार्थी संघ झापाले २१औं स्थापना दिवस दमकमा मनायो

दमक, १७ भदौं–किरात राई विद्यार्थी संघको २१औं स्थापना दिवस झापाको दमक लगायत देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जातिय धर्म, साँस्कृतिक तथा पहिचानको आन्दोलनसहित विद्यार्थीहरुको हक र अधिकारका निम्ति किरात राई विद्यार्थीहरु संगठित भएको आज २१ वर्ष भएको छ । यसैको अवसरमा आज मंगबालर झापाको दमकमा किरात राई विद्यार्थी संघ झापाले साकेला शिलि प्रर्दशन गदै अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । दमक–७ किरात भवनमा आयोजित कार्यक्रको अध्यक्षता संघका अध्यक्ष सुनिल राईले गरेका थिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई प्रमुख अतिथिका रुपमा सहभागि थिए । कार्यक्रमको उद्घाटन…

एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

आउदो सेप्टेम्बर 21 र 22 गते हुनगैरहेको गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको सचिब पदका लागि राजकुमार स्याङतानले उम्मेदवारी घोषणा गरेका छन । स्थायिघर शिन्धुपलान्चोक रहेको स्याङ्तान बिगत ९ बर्ष देखि कोरियामा बस्दै आइरहेका छन । स्याङतानले आफ्नो उम्मेदवारी सङ्गै औपचारिक ६ बुंदे घोषणापत्र समेतको प्रतिबद्धता सार्वजनिक गरेका छन् । हालसम्म एन आरएनए दक्षिण कोरियाको अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिइसकेका छन । एनआरएन कोरियालाई सशक्त, मजबुद बनाउनको निम्ति आफ्नो उम्मेदवारी रहेको स्याङतानले बताएका छन । स्याङतानले यसअघि एनआरएनए दक्षिण कोरियाको कोषाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी निभाइसकेका छन ।…

नेपाल आदिवासी जनजाति महासंघ महाभारत गाउँपालिकाको अध्यक्षमा जित बहादुर लामा

महाभारत, काभ्रे / नेपाल आदिवासी जनजाति महासंघ महाभारत गाउँपालिकाको अध्यक्षमा जित बहादुर लामा (सुनिल) चयन भएको छ । आईतबार महादेवटारमा भएको महासंघ महाभारतको प्रथम भेलाबाट लामा अध्यक्षमा चयन भएको हो । जनजाति महासंघको भेलबाट उपाध्यक्षमा अजय थिङ तामाङ, तेज कुमारी यस्माली, विष्णु कुमार माझी, सचिवमा गणेश कुमार यस्माली, सह–सचिवमा रित बहादुर राण मगर, गोपीनी माया मोक्तान, जगत मान मोक्तान र कोषाध्यक्षमा अमर बहादुर अस्थानी मगर (रिजन) चुनिएका छन् । त्यस्तै सदस्यहरुमा विजय राना मगर, दमैसिं योञ्जन र पंगज माझी रहेका छन् । बाँकी थप सदस्य भने समितिको आगामी बस्ने पहिलो…

आदिवासी जनजाति महासंघको रसुवा अधिवेशन सम्पन्न

रसुवा÷भदौं १४ नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, रसुवाको चौथो जिल्ला अधिबेशन भदौ १४ गते सम्पन्न भएको छ । अधिबेशनको उद्घाटन गर्नु हुर्दै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद सदस्य रामकृष्ण ब्लोन तामाङले हामी आदिवासी जनजाति भूमिपुत्र भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आदिवासी जनजातिको लागि सुनिश्चित अधिकारहरु उपभोग गर्न हामी सक्षम हुन आग्राह भन्नुभयो । साथै उहाँले आदिवासी जनजातिको प्राप्त अधिकारहरु वर्तमान सरकारले खोस्दै गएकोले संगठित रुपमा आन्दोलन गर्नुको विकल्प नरहेको पनि बताउँनु भयो । कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका नेवाःताम्सालिङ (३ नं.) प्रदेश समन्वय परिषदका…

चुरियामाइ स्वास्थचौकी लाई ल्याब संचालनको सामग्री हस्तान्तरण

मकवानपुर हेटौंड हेटौंडा उपमहानगर पालिका वडा नम्बर १५ स्थीत चुरियामाइ स्वास्थ्य चौकी लाई स्वास्थ्य मन्त्रालयबाट प्रदान गरिएको ल्याब संचालनको लागि सामग्रीहरु हस्तान्तरण गरिएको छ । बिहिवार एक कार्यक्रमको बिच स्वास्थ्य चौकी लाई ल्याब संचालनको लागि आवश्यक सामाग्रीहरु माइक्रोस्कोप १ थान , रेफ्रीजेरेटर १ थान, अटोक्लेप १ थान , वाटरबाथ १ थान, सेन्टिचुयुट १ थान , माइकोपिडेट २ थान,लगाएतको सामग्रीहरु हस्तान्तरण गरिएको चुरियामाइ स्वास्थ्य चौकी संयोजक लक्ष्यमण दाहालले बताउनु भयो । उक्त सामग्री तत्कालीन सङ्घीय समाजवादी फोरम हे.उ.न.पा वडा नम्बर १५ को अध्यक्ष हरि बहादुर रुम्बाले स्वास्थ्य चौकी लाई हस्तान्तरण गरेका…

नेपाल तामाङ घेदुङ प्रथम मादी गाउपालिकाको भेला सम्पन्न

२०७६ साउन २२ सुन्दरडाँडा कास्की नेपाल तामाङ घेदुङ मादी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । २०७६/०४/२१ गते सम्पन्न उक्त भेलाबाट प्रेम तामाङ लोप्चन तामाङको अध्यक्षतामा १३ सदस्यीय नेपाल तामाङ घेदुङ मादी गाउँ कार्यसमिति निर्माण गरिएको छ । जसको उपाध्यक्ष कमल नेगी (छेलाङ), महिला उपाध्यक्ष : प्रेमकुमारी लोप्चन (रबैडाँडा), सचिव सन्तोष थोकर (सुन्दरडाँडा) : कोषाध्यक्ष डम्बरबहादुर स्याङबो (रबैढडाँडा) सहसचिव : कर्ण बहादुर लोप्चन र सदस्यहरुमा क्रमशः बीरबहादुर थोकर (रबैडाँडा), कृष्णबहादुर डुम्जन (सैमराङ), डिलजंग तामाङ (सुन्दरडाँडा), युनिसा तामाङ (सुन्दरडाँडा), कोपिला ग्रङदेन (सैमराङ) रहनु भएको छ । जसको चयन घेदुङ संघीय सदस्य…

माइला लामा संग एक घन्टा: मोहन गोले

मोहन गोले तामाङ सबैको जनजिब्रोमा बसेको एउटा राष्ट्रिय सेलिब्रेटीको नाम हो माईला लामा । जो जनताको सबैखाले दुःख, पीडाको गीत गाउँदै र त्यसबाट उन्मुक्ति खोज्दै हिंड्ने प्रिय जनकलाकार हुन् । जसले दर्जनौ गीत लेखे । त्यसमा संगीत भरे । जनताको वस्ती वस्तीमा पुगेर भोकभोकै गीत गाए । योभन्दा पनि अर्को परिचय साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दागर्दै दर्शक, श्रोतालाई कहिले धुरुधुरु रुवाए त कहिले एकैछिनमा रोइरहेका मान्छेहरुलाई आँशुसरी पारेर हँसाए । यस्ता अद्भुत कला, क्षमताका धनी र भिन्न प्रतिभा भएका ब्यक्तित्व हुन् माइला । पारिवारिक ब्याकग्राउण्डको बारेमा मलाई त्यति धेरै जानकारी छैन…