हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

काठमाडौं ,२४ जेष्ठ २०७६ : नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङले दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए । ३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे…

दौडन सहज होस् भन्दै बिग बुद्वले दियो जुत्ता उपहार

२१ असार, दमक । झापाको दमकमा रहेको लायन्स क्लब अफ बिग बुद्वले भेष्ट र जुत्ता वितरण गरेको छ । क्लबले शनिबार दमकमा कार्यलय रहेर स्वास्थ्यका लागी दौड अभियान लिएर दमक आसपासमा बिगत ४ वर्ष देखी दौड संचालन गर्दै आएको दमक रन संगको सहकार्यमा दमक रनका बाल बालबालीका लाई भेस्ट र जुत्ता बितरण गरेको छ । रनमा हरेक हप्ता दौडमा सहभागी हुने २ जना धावकलाई जुत्ता र ७ जना लाई भेष्ट बितरण गरेको हो । एरीया चिफ कोर्डिनेटर गोपाल अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथी लायनस क्लब अफ बिग बुद्वका…

गाउँपालिका स्तरीय प्रथम अन्तर मा.बि.राष्ट्रपति रनिङ सिल्ड २०७६ सम्पन्न (फोटो फिचरसहित )

सुनकोशी , ९ असार :योगेश तामाङ्ग ओखलढुंगा सुनकोशी गाउपालिकामा संचालित गाउँपालिका स्तरिय अन्तर मा.बि.राष्टपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रबुद्ध मा.बि. च्यानाममा भएको प्रतियोगितामा प्रबुद्ध मा.बि. च्यानाम प्रथम ,कालिका मा.बि.सिस्नेरी दितिय र चौतारा मा.बि. डाडाखर्क मुलखर्क तृतीय स्थान हासिल गरेको छ। जसमा ७ बिध्यालय सहभागी भयका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिती सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र प्रशाद अधिकारीले ,आगामी दिनमा सुनकोशी गाउपालिका भित्रका खेलाडीहरुलाइ जिल्ला स्तरिय ,प्रदेश स्तरिय र राष्ट्रिय खेलाडी बनाउने उदेश्यका साथ खेलकुद जगतलाई अगाडि बढाउने गाउपलिकाको उद्देश्य रहेको बताउनु भयो ।

जनवरीदेखि अप्रिल १ सम्ममै सन्दीप बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौ ,२५ चैत्र : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् । सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए…

विनयबाबु स्मृति प्रतिष्ठान थाहा नगर २ नं वडा कार्यालयबाट सम्मानित

मकवानपुर थाहा नगर चैत्र, ११ हिमाली डाँफे युवा क्लव विसिङ्खेलको आयोजनामा गत फागुन १७ देखि २१ सम्म भएको थाहा नगरस्तरीय भलिवल प्रतियोगितामा प्रथम भएपछि विनयबाबु स्मृति प्रतिष्ठानका खेलाडि तथा टिम व्यवस्थापकलाइ वडा नं. २ को कार्यालयले आज सम्मान गरेको छ . २ नं. वडा कार्यालयको आफ्नै सभाहलमा सम्मान गरिएको हो . वडा अध्यक्ष गुप्तबहादुर कार्कीको सभाध्यक्षता तथा थाहा नगर उपप्रमूख खड्ग गोपालिको प्रमूख आतिथ्यता भएको सम्मान कार्यक्रममा ३ नंम्बर वडाका वडा अध्यक्ष रोजेश केसी, थाहा नगरपालिकाका कार्यकारी अधिृकृत हरिलाल पुरी लगायतको उपस्थिति रहेको थियो . सम्मान कार्यक्रममा विनयबाबु स्मृति प्रतिष्ठानलाई…

यु–१२ राष्ट्रिय टिममा पोखराका कृजल तामाङ, जापान जान लागेका उनलाई ईन्द्रेणी बिकास केन्द्रद्वारा बिदाई ( १० तस्बिर सहित )

सुशान्त गाहा मगर: जापानमा मार्च २९ देखी आयोजना हुने अन्तर्राष्ट्रिय जुनियर (यु–१२) कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न जान लागेका ईन्द्रणी एकेडेमीका कृजल (बिनय) तामाङलाई एक कार्यक्रममा बिच ईन्द्रेणी बिकास केन्द्रले बिदाई गरेको छ । शनिबार पुरानो टुडिखेलमा आयोजित कार्यक्रममा ईन्द्रणी बिकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पराजुली, केन्द्रका अध्यक्ष भानु अधिकारी, प्रशिक्षक अन्जन देवकोटा तथा दिलिप गुरुङ र अभिभावकहरुले फुलको गुच्छा र खादा लगाई बिदाई गरेको हो । सो अबसरमा केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र रमण पाराजुलीले तामाङलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले ईन्द्रणी एकेडेमीमा फुटबल प्रशिक्षण लिदै आएका…

विनयबाबु स्मृति प्रतिष्ठान बन्यो च्याम्पियन

  हिमाली डाँफे युवा क्लवको आयोजनामा भएको नगरस्तरीय भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नंम्बर २ का विनयबाबु स्मृति प्रतिष्ठानले प्रथम स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, युवाको शान थाहा नगरको पहिचान भन्ने नारा सहित थाहा नगरमा सञ्चालित प्रतियोगिताको फाईनल खेल नवप्रतिभा युवाक्लव बज्रबाराहि र विनयबाबु स्मृति प्रतिष्ठान विच भएको थियो । प्रतियोगितामा प्रथम हुने विनयबाबु स्मृति प्रतिष्ठानले नगद रु ५००००।– सहित शिल्ड मेडल र प्रमाणपत्र द्धितिय हुने नवप्रतिभाले नगद रु २५०००– शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेका छन ।   प्रतियोगितामा…

शिवसताक्षी दोस्रो मेयर कप फुटबलको उपाधि वडा नम्बर १० लाई !

१८ फागुन। झापाको शिवसताक्षी नगरपालीकामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि वडा नम्बर १० ले जितेको छ । शनिबार भएकाे फाइनल खेलमा वडा नम्बर ८ लाई चार एक गोल अन्तरले हराउदै वडा नम्बर १० ले उपाधी जितेको हो । खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन दोस्रो हाफमा वडा नम्बर १० निकै राम्राे खेलेकाे थियाे । खेलमा वडा नम्बर १० लागातार चार गाेल गरे सगै जित हात पारेको हो । फाल्गुन ७ गते बाट सुरु भएको मेयर कपमा फुट्बल, क्रिकेट, भलिबल, एथ्लेटिक्स लगायतका १७ विधाका खेलहरु सञ्चालन गरीएको थियो…

१ नम्बर प्रदेश स्तरिय पुरुष भलिबलको उपाधि झापाले जित्यो

१७ माघ- ओखलढुंगामा : प्रदेश नम्बर-१   स्तरिय पुरुष भलिबलको उपाधि झापाले जितेको छ । ओखलढुंगामा शुक्रबार सम्पन्न प्रदेश स्तरिय पुरुष भलिबलको छनौट प्रतियोगितामा भोजपुरलाई हराउँदै झापाले उपाधि जितेको हो । त्यस्तै संखुवासभालाई हराउदै सुनसरीले तेस्रो स्थान हाँसील गरेको छ । प्रदेश स्तरीय खेल बाट छनोट भएका खेलाडी राष्ट्रिय स्तरका खेलमा सहभागी हुनेछन् । ओखलढुंगाबाट संजय बुढाथोकी, डोर बहादुर बस्नेत र समित बहादुर बस्नेत, झापाबाट नविन रिजाल, दिपेन मल्ली, राजन लिम्बु, सरोज चौलागाई र रोहीत शिवाकोटी छनोट भएका छन् । त्यस्तै सुनसरीबाट बसन्त राई, दिवस लिम्बु, मोरङबाट रविन गौतम, उदयपुरबाट कृष्ण थापा,…

स्व.रुपमाया लिम्बुको स्मृतिमा, शिबसताक्षीमा वडास्तरिय भेट्रान फुटबल हुने

दमक । झापाको शिबसताक्षीमा स्व.रुपमाया लिम्बुको स्मृतिमा वडास्तरिय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । झिलझिलेस्थित समाजसेवी क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगिताको शनिबार झिलझिलेमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । प्रतियोगिता बिजयादशमी तथा दिपावलीको अवसर परेर आगामी असोज १७ गतेदेखि असोज २७ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष राजु खत्रीले बताए । क्लबलाई लामो समय बिभिन्न सहयोग गर्दै आएकी रुपमायाको गत फागुनमा निधन भएको थियो । स्वर्गिय लिम्बुको सम्झनामा उनका परिवारबाट नगद ५० हजार प्राप्त भएपछि सो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । ‘स्वास्थ्यका लागी खेलकुद…