१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

काठमान्डौ ४ श्रावण २०७७: सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने कान्छो पहिलो नेपाली हुन्, शम्भु तामाङ । सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका थिए । उनको यो सफलता विश्वकै लागि नयाँ किर्तिमानी पनि थियो । किनकी तामाङको उमेरले १७ वर्ष यात्रा गर्दै थियो । उनको आरोहन विश्वकै पहिलो कान्छो आरोही बन्छ भन्ने शम्भूलाई नै थाहा थिएन । तर, उनको नाम गीनिज बुकमा पहिलो कान्छो सगरमाथा आरोहीको रुपमा स्वर्ण अक्षरले लेखियो । तामाङ, सन १९५५ अक्टोबर…

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

काठमाडौं । चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोना भाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका छन । बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने…

हिमालय एयरलाईन्सले कोलोम्बो र माल्दिब्भ्सबाट नेपाली ल्याउँदै, २९१ जना विदेशी स्वदेश फिर्ता

हिमालय एयरलाईन्सले कोलोम्बो र माल्दिब्भ्सबाट नेपाली ल्याउँदै, २९१ जना विदेशी स्वदेश फिर्ता

काठमाडौं । हिमालय एयरलाईन्सले मंगलबार कोलोम्बो र माल्दिब्भ्सबाट नेपालीहरु ल्याउने भएको छ । कम्पनीले बन्दा बन्दी (लकडाउन) कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टड उडानमार्फत नेपाल ल्याउन लागेको हो । योसँगै मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ४ ओटा अन्तरराष्ट्रिय उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाईन्सको दुई, कतार एयरको १ र कोरियन एयरको १ उडान हुनेछ । हिमालय एयरलाईन्सको जहाज स्वास्थ्य सामग्री लिनको लागि चीनको खाङसा जाने भएको छ भने कम्पनीको अर्को जहाज ४१ जना कोलोम्बीयाली नागरिक लिएर कोलोम्बो जाने तयारी भईरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन…

हिमालय एयरलाईन्सको चार्टड उडान मंगलबारदेखि सुरु

हिमालय एयरलाईन्सको चार्टड उडान मंगलबारदेखि सुरु, मंगलबार ३८० जना नेपाली ल्याउँदै

काठमाडौं । हिमालय एयरलाईन्सले विदेशबाट नेपालीहरु ल्याउन आफ्नो उडान तालिका सार्वजनिक गरेको छ । सरकारले यस अघि जेठ २९ गते नै विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन हवाई भाडादर कायम गरेसँगै उनीहरुलाई ल्याउने समय तालिकासमेत सार्वजनिक गरेको थियो । जस अनुसार कम्पनीको जहाजले १९ उडान गर्नेछन । तालिका अनुसार हिमालय एयरलाईन्सले मंगलबारदेखि आफ्नो उडान सुरु गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार मंगलबार अर्थात जुन १६ तारिकमा कोलोम्बो, श्रीलंका, माले र माल्दिब्भ्सबाट नेपालीहरुलाई स्वदेश ल्याउनेछन । जसका लागि हवाई भाडा भने ३८० डलर रहेको छ । यस अघि हिमालय एयरलाईन्सले…

असार २१ गतेसम्म सम्पूर्ण हवाई उडान बन्द गर्ने सरकारको निर्णय

असार २१ गतेसम्म सम्पूर्ण हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले असार १६ गतेसम्म स्थागन गरेको हवाई उडानलाई ५ दिन थप गर्दै असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन । सरकार हवाई उडान बन्द गरे पनि उद्धार तथा कार्गो भने गर्न पाउनेछन । यस अघि सम्पूर्ण हवाई उडान बन्द गरे पनि लकडाउनका कारण नेपालमा फसेका विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली ल्याउनका…

भ्रमण बर्षको बजेट आन्तरिक पर्यटनमा लगानी गर्न माग

१६ बैशाख, काठमाडौं । एक्सेलट्रिप नेपालले आन्तरिक पर्यटनलाई जोगाउन (राम्रो भविष्यको निम्ति प्रभावकारिता र जीवित रहने मार्गचित्र) अनलाईन अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । कोरोनाले थलिएको नेपाली पर्यटन व्यवसायलाई जिवित राख्न आन्तरिक पर्यटन एकमात्र विकल्प भएको भन्दै एक्सेलट्रिप उक्त कार्यक्रम गरेको हो । एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लाटफर्म भएकाले उक्त वेभीनारमा वरिष्ट पर्यटन व्यबसाय उद्धमी कर्ण शाक्य, ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) अध्यक्ष खुम सुबेदी, नेपाल पर्यटन बोडका पुर्व कार्यकारी प्रमुख दिपक राज जोशी, होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको एक्सेलट्रिप नेपालका…

कोरोना प्रभाव : होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

१२ बैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनी व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले जानकारी दिएको छ । कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ । हानको अध्ययन अनुसार कोभिडको प्रभावले उद्योग नै धरासायी अवस्थामा पुग्ने अवस्था सिर्जना हुनसक्ने खतरा औँल्याउँदै तत्काल विशेष नीति अख्तियार गर्न सरकारसमक्ष अनुरोध गरेको छ । “कोभिड‐१९ को महामारी नियन्त्रणका लागि…