कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

एजेन्सी । पूरै विश्व कोरोना भाइरस विरुद्ध लड्न संघर्ष गरिरहेका बेला यो एउटा देशमा चाहिँ कतिले कोभिडको नाम नै सुनेका छैनन् । म्यानमारको सुदरपश्चिमी क्षेत्र नजिक सेना र विद्रोबीचको हिंसात्मक लडाईँमा फसेका लाखौँ मानिसहरु एक वर्षदेखि इन्टरनेट विहिन अवस्थामा रहेको हुँदा उनीहरुलाई कोभिड–१९ का बारेमा केही थाहा नभएको कार्यकर्ताहरुको समूहले बताएको छ । यसरी कोरोना फैलन सुरु भएदेखि म्यानमार सरकारले सामाजिक दुरीको आवश्यकता लगायत रोग रोकथाम सम्बन्धी सूचनामूलक अभियान सुरु गरेको हो, तर संसदकी सदस्य हुट मेले आइतबार बताए अनुसार उत्तरी इलाकामा बस्ने धेरैले फेसबुक र सरकारको वेबसाइट मार्फत प्रचार…

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

काठमाडौं । जापानमा कोरोना भाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ । कोरोना भाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयाँ सामान्यतालाई ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ…

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

काठमाडौं । नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्रीलाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिएको हो । कोरोना भाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैङ्गीक हिंसा सम्वन्धी धेरै घटनाहरु भएकाले अभियान शुरु गर्नु परेको उनको भनाई छ । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनिकरणका लागि धेरै क्रियाकलापहरु गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताए । महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ ओटा बलात्कारका घटना दर्ता भएको उनले जानारी दिएका हुन । नाइजेरियाका प्रहरी…

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

काठमाडौं । चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोना भाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका छन । बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने…

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

काठमाडौं । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ । भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५, १६ जुनको रातमा भिडन्त भएको थियो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ । मङ्गलवार केही अघि भारतले गलवान…

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

काठमाडौं । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्पो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जानकारी दिएको छ । समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी…

भारतमा लकडाउनको अवधि दुई साता थप

भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या शुक्रबारसम्ममा ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ। अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अड्किएका छन् । तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई…

पत्ता लाग्यो कोरोना भाइरस नीको पार्ने औषधि, औषधिको नाम रेमडिसिभिर

एजेन्सी /  कोरोना भाइरस संक्रमितलाई नीको पार्ने औषधी पत्ता लागेको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेको छ। लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र रेमडिसिभिरको प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता लागेको हो । अब यो औषधी प्रयोगको अनुमोदन गरिने भएको छ । अमेरिकाको औषधी प्रशासनले अहिलेसम्म कुनैपनि औषधीलाई कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेको…

अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १५ पुग्यो

बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

१७ बैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारी अनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका…

आर्थिक सहयोग नरोक्न डब्लुएचओका महानिर्देशक घेब्रेयासुसको अमेरिकासमक्ष आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न आग्रह गरेका छन । गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका…