संशोधन विधेयक छलफलको प्रक्रियामा लैजान एमाले सहमत

फागुन १२- सरकार र प्रतिपक्ष व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताइन् । आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् । ‘सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,’…

भक्तपुर मालपोतका दुई कर्मचारीसहित तीनजना घुस लिँदालिँदै पक्राउ

फागुन १२- मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने सुरसारमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखनदास घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहायक केशव खत्री र मतियारका रुपमा रहेको लेखनदास बिष्णु निसुतुलाई भक्तपुरको सुवर्ण भोजनालयबाट घुससहित नियन्त्रणमा लिइएको हो । नायव सुब्बा बुढाथोकीको साथबाट घुस रकम ३ लाख र श्रोत नखुलेको १ लाख ४ हजार ५००, खत्रीको साथबाट घुस रकम १ लाख र…

पल र पूजाको ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु

फागुन १२- छायांकनमा जानु अगावै प्रतिक्षा गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ४० दिनको सेड्यूल लिएर निर्देशक सुदर्शन थापाले क्यामेरा अन गरेका छन् । आजदेखि चलचित्रको छायांकन काठमाण्डौको सानो भर्‍याङ स्थित एक घरबाट सुरु गरिएको छ । ४ दिन सोहि घरमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रका कलाकार, प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा, सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ । निर्देशक सुदर्शन थापाले चलचित्रको…

‘रगून’माथि कपिराइटको मुद्दा

फागुन १२- शाहिद कपुर, कंगना रनवत र सैफअली खान स्टारर फिल्म ‘रंगून’ भोलि शुक्रवारदेखि सार्बजनिक हुने मिति तय भएको छ । तर, रिलिजअघि यो यस्तो लफडामा फसेको छ, जसले भोलिको प्रदर्शनलाई प्रभावित पार्न सक्छ । यस फिल्मका केहि दृश्य हुबहु चोरी गरिएको आरोपमा लगाइएको छ । वाडिया मुभी टोन्स नाकको प्रोडक्सन कम्पनीले ‘रगून’माथि कपिराइटको मुद्दा लगाएको हो । यस प्रोडक्सन कम्पनीले १९३५ मा ‘हन्टरवाली’ नामको फिल्म बनाएको थियो । यहि फिल्मको केहि सिन बिना अनुमति चोरी गरिएको बताइन्छ । यसको केहि दृश्य र संवाद चोरी गरिएको आरोप छ । साथै…

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

फागुन  १२- महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकांक्षी योजनाकारुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको विहीबारको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए । विश्व स्वास्थ्य संगठनकाअनुसार…

स्ववियु निर्वाचनको प्रक्रिया सुरु हुँदै,

इसरोकार संवाददाता काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ । फागुन १४ मा गर्ने भनिएको चुनाव सहमति पछि फागुन १८ गते सारिएको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि चुनाव १८ फागुनका लागि सारिएको हो । मिति सरेपछि विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी र समाजबादी बिद्द्यार्थी फोरम नेपाल पनि चुनावमा सहभागी हुने भएको छ । त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले शुक्रबार बस्ने कार्यकारी परिषद्को बैठकले १८ गते चुनाव गर्ने निर्णय औपचारी रुपमा गर्ने जानकारी दिए । उनले प्रक्रिया पनि आजैदेखि सुरु गर्ने बताए…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु,

इसरोकार संवाददाता काठमाडौं, फागुन ६ – काठमाडौंको बालाजु माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह १२ बजेतिर ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रिमा कुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो। ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

हुम्लामा विद्यार्थी संख्या नपुगेपछि स्ववियु निर्वाचन नहुने,

इसरोकार संवाददाता हुम्ला, फागुन ६ – सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन नहुने भएको छ । विद्यार्थी  भर्ना संख्या न्युन रहेकोले स्ववियु चुनाव नहुने भएको हो । मानविकी र शिक्षाशास्त्र संकाय विषयमा अध्यापन हुँदै आएको यस क्याम्पसमा निर्वाचनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले निर्वाचन नहुने क्याम्पस प्रमुख बसन्त रोकायाले बताउनुभयो । स्नातक तहको तीनै तहमा भर्ना संख्या न्युन रहेकोले जिल्लाको एक मात्र सामुदायिक क्याम्पसमा विद्यार्थीहरुले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी) गरी तीनवटा विद्यार्थी…

६ वर्ष को अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि

इसरोकार संवाददाता फागुन ६ काठमाडौं , नेपालमा महिला यौनकर्मीको संख्या विगत ६ वर्षको अन्तरालमा दोब्बरले वृद्धि भएको सरकारी अध्ययनले देखाएको छ । गत भदौदेखि मंसिरसम्म तीन महिनाको अवधिमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र विभिन्न दातृ निकायहरूले संयुक्त रूपमा गरेको अध्ययनले सन् २०१० को अनुपातमा नेपालमा महिला यौनकर्मीको संख्यामा दोब्बरले वृद्धि भएको देखाएको हो । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार महिला यौनकर्मीहरूको संख्या ५४ हजार एक सय ९७ जना रहेको छ । यो सन् २०१० को अनुपातमा २७ हजार एक सय ९७ जनाले बढी हो । तर, विभिन्न…

६४ वर्षको बृद्द उमेरमा जुम्ल्याहा बच्चा

फागुन ६ – ६४ वर्षिया एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यी महिलाले यसअघि सन् २०१२ मा पनि एक बच्चालाई जन्म दिएकी थिइन् । तर लालन पालनमा समस्या भएको भन्दै ती बच्चालाई सामाजिक संस्थाले संरक्षणमा लिएको थियो ।अहिले  जन्मिएको  बच्चाको बारेमा के गर्ने भन्नेबारे नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले एक छोरा र एक छोरीको जन्म दिएकी छिन् । तर उनको नाम गोप्य राखिएको छ । यी महिलाले अस्पतालमा बच्चा जन्माएकी र अस्पताल प्रशासनले जुम्ल्याहा बच्चाको भिडियो सार्वजनिक गरेको हो ।