गृहमन्त्री निधीद्वारा राजिनामा

काठमाडौं, वैशाख १७ – गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजिनामा दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध आईतबार संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताईएको छ । गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  आज साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् ।

प्रधानन्यायाधीश कार्की विरुद्ध महाभियोग, यस्ता छन् कारणहरु,

इसरोकार संवाददाता काठमाडौँ , बैशाख १७– प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध  महाभियोग प्रस्ताव  व्यवस्थापिका संसद सचिवालयमा   दर्ता गराइएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको , कार्यविधि कानुनको पालना नगरेको लगायतको आरोप लगाउँदै  संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे  पुगेर महाभियोग प्रस्ताव दर्ता…

संविधान संशोधन नगरी २१ गतेसम्म संसद बैठक स्थगित

  सरोकार संवाददाता,१७ बैशाख  काठमाडौं । संशोधन गर्ने तयारी भइरहेका बेला आज  बसेको संसद बैठक एकाएक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ l संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास गराउने सरकारको तयारी र जसरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ । सभामुख ओनसरी घर्तीले भने दलहरुलाई सहमतिको लागि समय दिएको बताउनु भएको छ l उता  मधेसी मोर्चाले संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग नलिने अडान लिएको छ । पहिलो चरणको चुनावका लागि…

जेठ १५ मा बजेट ल्याउन नमिल्ने : निर्वाचन आयोग,

इसरोकार संवाददाता काठमाडौं, बैशाख १६– निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने ठहर गरेको छ । सरकारले निर्वाचनकै बीचमा  बजेट ल्याउने तयारी गरिरहेको बेला निर्वाचन आयोगले यस्तो ठहर गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले  निर्वाचनको बीचमा  बजेट ल्याइने चुनावमा प्रभाव पर्न सक्ने भन्दै विरोध गर्दै आएको थियो । सरकारले आगामी बैशाख ३१ र जेठ ३१ गते  दुई चरणमा चुनाव गर्ने घोषणा गरेको सन्दर्भमा पहिलो मितिको चुनाव सकिएलगत्तै बजेट ल्याउने  गरी…

ओलीको हरामवादले मुलुक दलदलमा फस्दै,

झिल खिम्बुले राई “संविधान संशोधन लगायतका सवै बिसय छोडीदिनुहोस, किन संविधान संशोधन गर्ने? कसका लागि गर्ने? हामि अहिले संशोधन हुन दिदैनौ, संसद बाट पास हुन पनि दिदैनौ,” देशका  दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली को यो अभिव्यक्ति, समयको स्विच संग कति तादाम्यता मिलेको छ भोलिको दिनले वाताउला l तर एउटा कुरा के चाहि पक्का भएको छ भने, “घाम  चुनाव चिन्ह” एमाले भन्ने राजनीतिक दलबाट मुलुकले निकास नपाउने र सदियौ देखि सामाजिक अन्तरविरोध को अन्तरघुलनमा पारिदै आएका आदिवासी जनजाति, मधेशी, शिल्पी, महिला र वर्गीय हिसावले…

संशोधन प्रस्ताव फेल गराउन एमालेले सक्रिय भूमिका खेल्ने,

इसरोकार सम्वाददाता काठमाडौं, बैशाख १४– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसँगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसँगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ ।दिउँसो १ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।

नेप्से सामान्य ओरालो लाग्दा बुधबारको सेयरबजारमा अरु के के भयो ?

इसरोकार संवाददाता बैशाख १३, बुधबारको सेयरबजार पनि सामान्य घटेको छ । बजारलाई सबैभन्दा बढी प्रभावित पार्ने वाणिज्य बैंक समूह लगायत होटल र उत्पादन समूह नकारात्मक रहेपछि समग्र बजार सामान्य झरेको हो । बजार नकारात्मक रहेपनि करिब एकदर्जन कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतको दरले बढेको छ । बुधबार नेप्से परिसुचक २ दशमलव ०८ अंकले ओरालो लागेर १६ सय ७० दशमलव ३० अंकमा झरेर बन्द भएको छ । यसदिनको कारोबारमा अधिकांस समूह सकारात्मक रहेपनि वाणिज्य बैंक, होटल र उत्पादन समूह नकारात्मक रहेका छन । विकास बैंक, जलविद्युत , वित्त, बिमा र अन्य…

मन्त्री ले जवाफ दिदा पनि एमालेको चित्त बुझेन, संसद बैठक अवरुद्ध,

इसरोकार सम्वाददाता १३ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ । स्थानीय विकास मन्त्री कमल थापाले जवाफ दिएका थिए । तर, उनको जवाफले एमालेको चित्त बुझेन र संसद बैठक अवरुद्ध गरेको छ ।हिजो संविधान संशोधन बारे मन्त्री ले जवाफ दिनु पर्ने भन्दै एमालेले संसद अबुरुद्द गरेका थिए l तर आज उसको माग अनुसार नै जवाफ दिदा पनि एमालेले बैठक अवरुद्ध गरेका छन् l सरकार र मधेशी मोर्चा बीच भएको संझौताका आधारमा संसद मा संविधान संशोधन प्रस्ताव पेश…

बिभिन्न पार्टी परित्याग गरि हजारौको संख्यामा नेता कार्यकर्ता संघीय समाजवादि फोरम नेपाल प्रवेश,

इसरोकार संवाददाता बैशाख १२ सिराहा, बिभिन्न पार्टी परित्याग गरि सिरहा क्षेत्र नम्वर ५ बाट संघीय समाजवादी फोरम नेपालमा हजारौको संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् l एमाले काङ्ग्रेस माओवादी सहित अन्य मधेश केन्द्रित दलहरू बाट आएका नव प्रवेशी  नेता कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ले फूलमालाले स्वागत गरि प्रवेश गराएका छन् l स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी फोरम नेपालले पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिदै आएको छ l अस्ति मात्रै बीरगंज बाट उद्योगपतिहरू सयौ को संख्यामा प्रवेश गराएको फोरमले यो क्रमलाई  निरन्तरता दिदै आएको छ l यद्दपि…

इटहरीमा संघीय गठबन्धन र प्रहरी बीच दोहोरो भिडन्त,

इसरोकार संवाददाता बैशाख १२ इटहरी : इटहरीमा संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। गठबन्धनका  र्यालीमा आन्दोलनकारीमाथि ढुंगा प्रहार भएपछि आन्दोलनकारी आक्र्रोशित भएका थिए। आफूहरुमाथि ढुंगा प्रहार भएपछि आन्दोलनकारी प्रहरीमाथि जाइ लागेका हुन्। आन्दोलनकारीलाई घरको छतबाट ढुंगाले हानिएको भन्दै आक्रोशित भएका हुन्। र्यालीमा सहभागी आन्दोलनकारी आक्रोशित भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका निम्ति केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरी र र्यालीमा सहभागीबीच झडप भएपछि अहिले इटहरी बजार क्षेत्रमा तनाव छ। झडपका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। झडपको पूर्ण विवरण भने आउन बाँकी छ।