राष्ट्रवादीहरुलाई प्रश्न – संशोधनमा कहाँ थियो राष्ट्रघात ?

ईश्वर अर्याल नेपालको संविधानले जहिल्यै दुईथरि आरोपको सामना गरिरहेको छ । यो नबन्दै भन्ने गरिन्थ्यो, भारतबाट आयातित हुँदैछ । बनेपछी भनियो– भारतले आफू अनुकुल संशोधन गर्न दबाब दिइरहेको छ । संबिधान जनताको सार्वभौम दस्तावेज हो तर बारम्बार यसले भारतसँग जोडिएर अपमानित हुनु परेको छ । त्यो पनि सार्बभौम नेपालीबाटै । आफ्नै संबिधानको बदनाम गराउन लगाएर नेताहरु भने भारतबाटै आशिर्वाद थाप्ने दैनिकी कर्ममा लागिरहेका छन् । सामाजिक संजालमा संविधानको मापदण्ड तोक्ने कथित जिम्मेवारी पाएका भेंडाहरुलाई संबिधानको अन्तर्वस्तु थाहा नभएको पनि होइन, संशोधन बिधेयकका धाराहरु थाहा नभएको पनि होइन । फेसबुकमा स्ट्याटस…

११ डिआईजी एआईजीमा बढुवा

काठमाडौं, १९ साउन । नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे सिफारिश अनुसार सरकारले ११ डिअाइजीलार्इ एअार्इजीमा बढुवा गरेकाे छ । अाज बिहान सिंहदरवारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनीहरुलार्इ बढुवा गर्ने निर्णय गरेकाे हाे । यसअघि बढुवा समितिले ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेकाे थियाे ।मन्त्रिपरिषदले गरेकाे बढुवामा बमबहादुर भण्डारीकाे नाम पहिलाे नम्बरमा छ । त्यसैगरी यसअघि अार्इजेपीमा नियुक्त भइ सर्वाेच्च अदालतद्वारा बदर गरिएका जयबहादुर चन्द दाेस्राे नम्बरमा परेको छन्।त्यसैगरी देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा,…

थालियो क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम

पोखरा १८ साउन । शिलान्यासको १६ महिनापछि पोखरा— १४ स्थित छिनेडाडाँमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणकार्य शुरु गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष बैशाख १ गते शिलान्यास गरेका थिए । शिलान्यासपछि अन्यौलता छाईरहेको थियो । लामो समयको प्रतिक्षापछि विमानस्थल निर्माण कार्यको थालनीले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम हुने आशा र विश्वास लिईएको छ । चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले लामो समयको बहसपछि विमानस्थल निर्माण कार्य अगाडि बढाईएको जनाए । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल…

स्वाइन फ्लूका शंकास्पद विरामी थपिँदै, जाँच्ने किटको अभाव

१९ साउन, नेपालगन्ज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मनसुनको समयमा स्वाइन फ्लूका शंकास्पद बिरामी दैनिक दर्जनको संख्यामा आउने गरेका छन्, तर जाँच्ने किटको अभावमा पहिचानमा समस्या भएको छ ।   अस्पतालमा आउने विरामीहरुमध्ये टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण भएका विरामी दिनहुँ ८-१० हुने गरेको अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीले जानकारी दिए ।उनले भने-‘अस्पतालमा स्वाइन फ्लूको डाइग्नोसिस गर्ने किटको अभाव भएकोले यही हो भनेर डिक्लियर गर्न गाह्रो भए पनि विरामीमा देखिएको लक्षण हेर्दा स्वाइन फ्लू भएको हुनसक्ने आशंका गर्ने ठाँउहरु प्रसस्त छन् ।’उनलेे ज्वरो र शरीर…

तामाङ फिल्म क्षेत्रमा उदयमान रितुराज

भनिन्छ मानिस कुनैपनी क्षेत्रमा सफल बन्नको लागि कसैको प्रभाव या संगत भन्दापनी आफु भित्र रहेको प्रतिभालाई सदुपयोग गर्ने सके जिबनलाई सफल बनाउन सकिन्छ त्यसैको उदाहरण हुन ऋतुराज पाख्रिन   वि स २०४४-०५-२७ साल मा बुवा पृथ्वी बहादुर तामाङ र आमा सुकु माया तामाङ को कोखबाट ओखलढुङा को बल्खु मा जन्मिएका उनले गाउमै  आधारअभुत तहको शिक्षा  लिएका उनी  हाल स्नातक पास गरिसकेका छन   सानै उमेरबाट अभिनय गर्न गीत गाउन र नाच्न एकदमै मन पराउने उनी  निक्कै लामो संघर्षपश्चात २०६२ सालबाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन  आङला मिख्ली बाट आफ्नो अभिनय यात्रा सुरु…

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या

काठमाडौं १७ साउन । पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२/७३ मा चार हजार ६ सय ७३ र ०७१/७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए । गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन्…