बाम गठबन्धनको साम्यवाद र लोकतान्त्रिक गठबन्धनको त्रास

मोहन गोले तामाङ प्रदेश र संघको निर्बाचनको संघारमा दुई ठूला पार्टीहरु एमाले र काङ्ग्रेसले भिन्नाभिन्नै दुई महा गठबन्धन बनाए । एमाले–माओवादी गठबन्धनको नाम बाम गठबन्धन र काङ्ग्रेस–राप्रपा गठबन्धन लोकतान्त्रिक गठबन्धनको नामले चिनिएको छ । बाम गठबन्धनले दुई तिहाई ल्याएर स्थीर सरकार बनाउने र नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने झ्याली पिट्न थालेपछि लोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमाथि खतरा बढेको र साम्यवादी एकदलीय कम्युनिष्ट शासन लादिने त्रासको राजनीतिक ब्यापार सुरु ग¥यो । सम्भवतः निर्बाचनमा यी दुई ठूला गठबन्धनले यसैलाई चुनावी नारा बनाएर जनतामा जाने देखिन्छ । सारमा यो दुवै गठबन्धन न समाजवाद हुँदै साम्यवादसम्म…

साँस्कृतिक लडाइँ जित्यौ, राजनीतिक लडाइँ जित्नु बाँकी छ गोले

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायले साँस्कृतिक लडाइँ जितिसकेको दाबी गरेका छन् । उनले भने– साँस्कृतिक लडाइँ जित्यौ, अब राजनीतिक लडाइँ जित्नु बाँकी छ । नेपाल तामाङ घेदुङ सुनसरी जिल्ला शाखाले गत कातिक ९ गते धरानमा आयोजना गरेको आसन्न प्रदेश, संघको निर्बाचनमा तामाङ समुदायको भूमिका विषयक कार्यक्रममा बोल्दै गोलेले सो दाबी गरेका हुन् । उनले सोनाम ल्होछार समारोहमा एकलाखभन्दा बढी तामाङ समुदायको उपस्थिति हुनु, भर्खरै नेपाल आइडल बुद्ध लामा तामाङले जित्नु र यस अघि इन्डियन आइडल प्रशान्त तामाङले जित्नु नै तामाङ समुदायले साँस्कृतिक क्रान्ति जितिसकेको सुचक भएको…

स्तन क्यान्सर बारे पोखरामा पैदल यात्रा

पोखरा, ११ कार्तिक । सर्वसाधरणलाई स्तन क्यान्सर बारे सचेतना जगाउने उद्देश्यले शनिबार पोखरामा पैदल यात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा सचेतनामुलक २ किमि पैदल यात्रा र जुम्बा डान्स कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसी, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बिका गर्भनर धनराज आचार्य, आयोजक संस्थाका अध्यक्ष डा. सुजिता हिराचन सहित पोखराका सामाजिक संघसंस्थाका सदस्यहरु र विद्यार्थीहरुको ठूलो उपस्थिति रहेको थियो । बिहान पोखरा सभागृहबाट पैदल यात्रा शुरु भइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन सभागृहमा पुगे पछि…

कास्की जिल्ला क्रिकेट संघमा सिग्देल

पोखरा ८ कात्र्तिक कास्की जिल्ला क्रिकेट संघको वुधवार सम्पन्न दोश्रो अधिवेशनले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । नेपाल क्रिकेट संघको लामो विवाद लगाएत अन्य कारणले हुन नसकेको अधिवेशन २०७४ भदौमा सम्पन्न साधाराणसभाले गतिरोध समाप्त गर्दै विधान संसोधन गरेको थियो । संघको संसोधित नयाँ विधान अनुसार भएको कास्कीको अधिवेशनले कार्यसमितीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ओम प्रकाश श्रेष्ठ, जितेन्द्र प्रताप चन्द, चन्द्र कुमर गुरुङ्गलाई निर्वाचित गरेको छ । त्यसै गरि कार्य समितीको सदस्यमा रतन गुरुङ्ग, सुमन गुरुङ्ग, उत्सव शाक्य, अर्जुनराज अधिकारी, अशोक पालिखे, सिदार्थ श्रेष्ठ, सञ्जय नेपाल,…

तमु बोन्पो लम प्रथम भेला कार्तिक २४ गतेबाट पोखरामा हुने

पोखरा, ९ कार्तिक तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेदेखि २६ गते पोखरामा हुने भएको छ । “प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका साथ हुने भेलामा आठ जिल्लाका २ सय बोन्पो लम, १ सय पच्यु र १ सय क्ल्हेप्री गरी चारसयसहित केही पैडीहरुको समेत सहभागीतामा पोखरा ११ रानीपौवास्थित फलिना क्होइबो शक्तिघाटमा भेला तमु प्ये ल्हु संघ कास्कीले विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेलाको पहिलो दिन कार्तिक २४ गते पोखरामा झाँकीसहित र्यालीले नगर परिक्रमा गरी समुद्घाटन समारोह,…

तमु धिं नेपालद्धारा बधाई, स्वागत र सम्मान तमुहरु एकतावादी हौंः कर्म तमु

  हुम तमु पोखरा, ८ कात्तिक तमु धिं नेपालले बुधवार पोखरामा एक कार्यक्रम आयोजना गरी बेल्जियम र कतारबाट नेपाल आउनु भएका विशिष्ट महानुभावहरुलाई स्वागत सम्मान गरेको छ । नवनिर्वाचित एनआरएन आइसिसि सचिव जानकी गुरुङलाई बधाईका साथ स्वागत सम्मान, तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङ, तमु  समाज बेल्जियमका संस्थापक महासचिव युवराज गुरुङ, कास्की समाज बेल्जियमका अध्यक्ष गमबहादुर गुरुङ, पुकार गुरुङ, तमु समाज कतारका प्रमुख संरक्षक बील गुरुङ, सचिव तेजबहादुर गुरुङ, महिला विभाग संयोजक टौमाया गुरुङ, निवर्तमान सहसचिव पदम गुरुङलाई स्वागत सम्मान गरेको हो । एनआरएन आइसिसिको आठौं महाधिवेशनमा सहभागीसहित घरबिदामा नेपाल…

लाप्राक सामुदायिक भवन उद्घाटन

हुम तमु पोखरा, ७ कात्तिक तमु धिं बेल्जियम र तमु धिं नेपालद्धारा महाभुकम्पबाट अति प्रभावितहरुका लागि गोरखाको धार्चे गाउपालिका वडा नं. ४ लाप्राकस्थित म्हनीडाडामा निर्मित लाप्राक सामुदायिक भवन उद्घाटन गरिएको छ । तमु धिं नेपाल लाप्राक गाँउ समिति तथा भवन निर्माण समितिद्धारा आयोजित उद्घाटन समारोहमा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङ र तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।   स्थानियका लागि पाहुना घर, सभा गोष्ठी, तालिम, चण्डी—घाँटु नाच, पुजा, विवाह भोज, साँस्कृतिक र संस्कारगत कर्महरु लगायतका लागि सामुदायिक भवनको अति आवाश्यक भएकाले करिब २७…

संसफोको पोखरा लेखनाथ महानगरस्तरीय प्रशिक्षण

हुम तमु संघीय समाजवादी फोरम नेपाल, पोखरा लेखनाथ महानगर समितिले आइतवार अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा आयोजिक प्रशिक्षणमा पार्टी सुदृढीकरण, आउदै गरेको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन, समसामयिक राजनीतिक विषयमा पार्टीको योजना एवं धारणाबारे कार्यकर्तालाई प्रशिक्षित गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरमका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले पहिचानवादीहरुको एकता आवाश्यकतामा जोड दिनुहुदै बैकल्पिक राजनीतिक शक्तिको ससफोले नेतृत्व गर्ने बताउनुभयो । उहाँले राजनीतिक एजेण्डाको सम्मान र उचित तालमेल नभए कुनै पनि पार्टीहरुसँग चुनावी तालमेल नहुने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य…

दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग

हुम तमु पोखरा लमजुङ सेवा समिति हङकङले लमजुङ जिल्ला क्होलासोंथर गाँउपालिका वडा नं. ८, घाम्राङ घिचे निवासी दृष्टिविहीन ५ वर्षिया कान्छीमाया गुरुङलाई २ लाख १७० रुपैया सहयोग गरेको छ । पोखरा १२ माटेपानीस्थित हिमाली साँस्कृतिक परिवारले बुधवार सहारा क्लव हङकङका सचिव समेत रहनु भएका लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ र तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङको स्वागतमा आयोजना गरिएको कार्यक्रममा चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई हङकङ अध्यक्ष खम गुरुङलाई उक्त रकम सहयोग गर्नुभएको हो । यसरी नै केसबहादुर गुरुङले १० हजार सहयोग प्रदान गर्नुभएको थियो । क्होला…

तमु साँस्कृतिक प्रतिष्ठानद्धारा स्वागत र अन्तरक्रिया थप १४ विद्यार्थीका लागि अक्षयकोष

  हुम तमु पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विहीवार पोखरामा एक कार्यक्रम आयोजना गरी युके, जापान, कतार, युएई लगायतको देशबाट पोखरा आउनु भएका समाजिक अगुवाहरुलाई स्वागत र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालले अतिथिहरुलाई पोखरा अमरसिंह चोकस्थित लेकाली चुल्हो घरमा चियापानका साथ स्वागत सम्मान र अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले तमु साँस्कृतिक प्रतिष्ठानको ऐतिहासिकता, उद्धेश्य लगायत गर्दै आएको क्रियाकलापका बारेमा जानकारी गराउनुभएको थियो । विभिन्न अक्षयकोषदाताको सहयोगमा…