सुनसरीको इटहरीमा बम विष्फोट

बम विष्फोट इटहरी सुनसरीको इटहरी ९ स्थित भलाद्मी टोलमा बम विष्फोट हुदा ३ जना घाइते भएका छन् ।  सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार विजय कुमार गच्छदारको कार्यक्रम स्थल नजिक बम विष्फोट भएको हो । घाइतेहुनेहरुमा योवन न्यौपाने, समृना अधिकार र धनबहादुर श्रेष्ठ रहेको प्हरीले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै झापामा सुरक्षा चुनौती

दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी सीमानाकासँग जोडिएको जिल्ला झापामा सुरक्षा चुनौती बढ्न थालेको छ । भारतसँग सीमा जोडिएको यहाँ सुरक्षा निकायले आन्तरिक र वाह्य दुबै चुनौती चिर्नुपर्ने देखिन्छ । निर्वाचनको तयारी तीव्र भइरहँदा झापामा एकपछि अर्काे गर्दै बम विस्फोट गराउन थालिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको त भनेको छ तर बम आतंक कम भएको छैन । उम्मेदवार र मतदान केन्द्रको सुरक्षाका साथै सीमा क्षेत्रमा निगरानी बढाइएको छ । केही दिनअघि दमकस्थित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेट र नेपाली कांग्रेसका जिल्ला सभापति तथा…

हर्कटेमा दुग्ध डेरीमा आगलागी ,१ करोड ५० लाख बराबरको क्षती ।

इलाम मसिंर १३ इलामको सुर्याेदयनगरपालिका वडा न.६ हर्कटे बजारमा सञ्चालित दुग्ध डेरी उद्योगमा आज बिहान आगलागी भएको छ । आज बिहान ५ बजे सुरु भएको भएको आगलागीबाट शिवाकोटी सन्स एग्रीकल्चर प्रा.लि.को उत्त दुग्ध डेरी उद्योग पुर्णरुपमा नष्ट भएको छ । खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले संंचालनमा ल्याउनु भएको दुग्ध डेरीमा भएको आगलागीका कारण १ करोड ५० लाख बराबर क्षती भएको प्रारम्भिको छ । उद्योगका सबै समाग्री मेसीन फर्निचर सगै ४ हजार केजी छुर्पी ४ हजार ५ सय केजी घिउँ समेत जलेर नस्ट भएको छ घिउँको कारणबाट आगलागी नियन्त्रणमा समस्या भएको…

मोटरसाइकल र स्कुटी ठोक्किदा ५ जना घाइते

दमक १३ मंसिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकस्थित शान्तिमार्गमा आज अपराह्न भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । बाटो काट्दै गरेको को ३० प ९९१४ नम्बरको स्कुटर, पुर्वबाट पश्चि तर्फ जादै गरेको को १७ प ८५९६ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाईते हुनेमा मोटरसाईकल चालक धरान १६ बस्ने ४७ बर्षिय नविन्द्रकुमार राई र मोटरसाईकलको पछाडि बसेका सप्तरी धरमपुरका ३४ बर्षिय अर्जुन ठकुरी रहेका छन् । त्यसैगरि साईकलमा सवार मोरङ टाडीकी १८ वर्षीया सुसिला राई, दमक ४…

उदयपुरमा विस्फोट ६ जना घाइते

चितवन १३ मंसिर उदयपुर विष्फोट उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् । उहाँको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते हुनुभएको छ । कटुवालको दुवै खुट्टामा…

सबै जिल्लाका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा

पोखरा, ११ मंसिर पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने काम सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्ममा सम्बन्धित जिल्लाको सदरमुकाममा र्पुयाएको छ । डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले…

त्रिशुलीमा बस खस्दा ६ जनाको मृत्यु

चितवन  १३ मंसिर  त्रिसुलीमा बस खस्यो पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–४ स्थित फिस्लिङबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्कीदा बस नदीमा खसेको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ । दुर्घटनाग्रस्त बसबाट २० जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि…

ससफो कास्कीको चुनावी अभियान घरघरमा संघीय समाजवादी फोरम नै राष्ट्रिय बिकल्प ः तामाङ

  पोखरा, ८ मंसिर संघीय समाजवादी फोरम कास्कीले चुनावी अभियान घरघरमा पुर्याएको छ । जनता अधिकार र मुलुकको समृद्धिका लागि स्थापित पार्टीले आफ्नो उमेदवारलाई जिताउन चुनावी अभियानलाई घर घर र मतदाता मतदातामा पुर्याउने अभियानलाई तिव्रता दिएको हो । यसै क्रममा कास्की क्षेत्र नं. १ प्रदेश २ स्थित पोखरा १३ को शुक्रवार जयदुर्गा टोलमा आयोजित सभाकोबाट शुरु भएको अभियान जयदुर्गा टोल, कमलपोखरी, कामनाटोल, बाझापाटन, सिग्देल टोल लगायतका क्षेत्रमा घर घर अभियान गरेको छ । जयदुर्गा टोलमा आयोजित भेलामा संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष तथा प्रदेश समानुपातिक उमेदवार दीपक तामाङले पुराना पार्टी…

चुनावका बेला विकास दिन्छु भन्नेहरुले सरकारमा हुदा के हेरेः गुरुङ

पोखरा, ९ मंसिर संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. २ ले शनिवार मादी गाउपालिका वडा नं. ताङतिङमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सभामा बोल्ने बक्ताहरुले पटक पटक जिताएर पठाएकाहरुले चुनावका बेला सपना देखाउदा विश्वास गर्न नहुने भन्दै जनतालाई अधिकार र समृद्धिको संकल्पका साथ जुटेको बैकल्पिक शक्ति संघीय समाजवादीलाई मसाल चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले पटक पटक हामीले जिताएर पठाएका पुराना पार्टीका प्रतिनीधिहरुले जनताको मतको अपमान र मुलुकलाई अधोगति तर्फ उन्मुख गराएको बताउनुभयो ।…

नयाँ नेपाल ससफोबाट मात्रैः तामाङ

  पोखरा, ११ मंसिर दोश्रो चरणको प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जादा राजनीतिक पार्टी र उमेदवारहरुले चुनावी प्रचारलाई तिव्रता दिइरहेको छ । यसैक्रममा संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. १(२) अन्र्तगत सोमवार मादी गाउपालिका वडा नं. ३ याङ्जाकोटमा घरदैलो र सभा सम्पन्न गरेको छ । कोणसभामा सम्बोधन गर्नुहुदै संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष तथा प्रदेश सभा सदस्यका समानुपातिक उमेदवार दिपक तामाङले नयाँ नेपाल परिवर्तनशील बैकल्पिक शक्ति संघीय समाजवादीबाट मात्रै सम्भव रहेको बताउनुभयो । उहाँले नयाँ नेपाल पुरानो पार्टी र नेताहरुबाट सम्भव छैन, समृद्ध नेपाल निर्माणको बैकल्पिक नीति, कार्यक्रम सहित…