इलामेली किसानमाथीको शोषण अखिर कहिले सम्म ? ः सुवसाचन्द्र नेम्वाङ

इलाम, पुस १६ नेकपा एमालेका नेता तथा पूर्व सभामूख सुवास चन्द्र नेम्वाङले इलाका किसान सँधै शोषण र दवाबमा रहने गरेको बताउनु भएको छ । इलामको माङसेबुङमा रहेको रहेको मामुलाङ चिया बगानको २२ औ वार्षिक साधारणसभामा बोल्दै नेता नेम्वाङले यहाँका किसानले उत्पादन गरेको बस्तुका आफैले मूल्य निर्धारण गर्न नसकेर सँधै साहु र अन्य ब्यापारीले शोषण गर्ने गरेको बताउनु भएको हो । ‘ उर्जाशिल र मेहनती इलामेली कृषक अझै पनि साहुकै दवावका कारण आफ्नो मूल्य निर्धारण गर्न सकिरहेका छैनन् ।’ नेता नेम्वाङले भन्नु भयो ‘ अव भने कृषकले आफ्नो उत्पादनको मूल्य आफै…

प्रमुख आयुक्त यादवले भने राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीसभाको परिणाम सार्वजनिक गर्न मिल्दैन

काठमाडौं, १६ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ । आईतबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताउनुभयो । संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने भएकोले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नको लागी पनि तत्काल प्रतिनिधीभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने यादवले बताउनुभयो ।

प्रसिद्ध पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आजबाट छैठौँ खाना महोत्सव सुरु

धनकुटा १६ पुस । प्रसिद्ध पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आजबाट छैठौँ खाना महोत्सव सुरु भएको छ । अफसिजनमा पनि पर्यटक भित्राउने उदेश्य सहित होटल एसोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गरी महोत्सवको आयोजना गरीएको हो । पर्यटकीय स्थल भेडेटारमा २०६८ साल देखि नियमित रुपमा खाना महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनी मुख्य आकर्षण रहेका छन् । महोत्सवमा आउने आगन्तुकहरुलाई प्याराग्याइडिङ, माउन्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।…

मोरङमा महिला हिंसाका घटनामा बृद्धि,महिला अधिकारकर्मीलाई चुनौति

मोरङ , १६ पुस । देशभर महिला हिंसाका घटनाहरु बृद्धि भईरहेका छन । मोरङ जस्तो सुगम र बिकसित जिल्लामा दैनिक रुपमा जस्तोमहिला हिंसाका घटना भईरहेका छन । कतै दाईजो नपाएको निहुँमा त कतै खराब आचारण भएको र समाजमा बिकृति फैलाएको निुहँमा दैनिक महिला हिंसाका घटना बद्धि हुँदै गएको छ । मोरङको उर्लाबारीमा दाईजो नल्याएको निहुमा एक महिला आफै श्रीमान र घरपरिवारबाट घरनिकाला गरिएको घटना नसेलाउँदै मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछीमा एक महिलामाथी स्थानीय नेताकै निर्देशनमा गाउँका सबै मिलेर कुटपिट र दुब्र्यवहार गरेका छन ।पुस १४ गते दिउँसो (बसन्तीदेवि) नाम…

आज मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ पुस । आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७…

बनभोज खान सरकारी गाडीमा सरर

सुरुङ्गा , पुस १५ । झापाको दमकमा रहेको सडक डिभिजन कार्यालयको सरकारी त्यहाँका कर्मचारीले दुरुपयोग गरेका छन् । आज शनिवारका दिन सार्वजनिक बिदा भएपनि कार्यालयका कर्मचारीले बनभोज खान जाने क्रममा उक्त गाडीको दुरुपयोग गरेका हुन । बा १ झ ३६८ नम्वरको को गाडिमा दमकको एक मासु पसलबाट मासु किनेर जामुनखाडी लगिएको हो । उक्त गाडि ५ जना कर्मचारी र बनभोजलाई आवश्यक पर्ने बिभिन्न सामाग्रीले भरिएको थियो । कन्काई नगरपालिका स्थित जामुनखाडीमा बनभोज खान जाने क्रममा उक्त गाडिको दुरुपयोग गरिएको पाइएको हो । सार्वजिनक बिदाकादिन कुनैपनि सरकारी कार्यालयले सवारी सरकारी सवारी…