बकैया महोत्सब आज बाट सुरु

फोटो सर्मिला लामा

हेटौंडा,१६ फागुन । पुर्वी मकवनापुरको पहिलो बकैया महोत्सब आज बाट सुरु भएको छ । महोत्सवको आज फागुन १६ गते प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएको छ । बुद्ध युवा क्लब हात्तिसुडे तथा सहयात्री बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको महोत्सब उद्घाटन कार्याक्रममा मुख्यमन्त्री डोरमणी पौडेल संगै जिल्लाका सांसद तथा सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो । महोत्सवमा मुख्यमन्त्री पौडेललाई नागरिक अभिनन्दन गर्ने समेत गरेको थियो । महोत्सवका पुर्वी क्षेत्रलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गरिरहेका पत्रकार खबरब्रेक अनलाईनका सम्पादक धर्मेन्द्र दाहाललाई सम्मन समेत गरेको थियो । महोत्सबको पहिलो दिनमा…

पंकजा भण्डारीबाट ४७५ जनाले लिए सिपमुलक तालिम

१६ फागुुन । पंकजा भण्डारी गौरादह प्राबिधिक शिक्षालयकी सञ्चालिका हुन् । विभिन्न एन जि ओ तथा आइ एन जि ओ को आयोजनामा हुने तालिमहरुमा कुशल प्रशिक्षक भएर कार्य गरिरहनु भएको छ । भण्डारीले गौरादहमा ब्याग उद्योग सञ्चानमा ल्याउनु भएकी छिन्। भण्डारीले उत्पादन गर्ने ब्यागहरुमा स्कुल ब्याग, लेडिज फेन्सी ब्याग, मनि ब्याग, जेन्स क्यारी ब्याग, तरकारी झोला आदि लोकप्रिय भइ रहेका छन । भण्डारी एक्टिभ नेपालले आयोजना गर्ने तालिम कार्यक्रममा पनि मुख्य प्रशिक्षकको रुपमा चिनिनु हुन्छ । फेसन डिजाइनमा स्नातक गर्नुभएकी पंकजा भण्डारी शुभलक्ष्मी सहकारीले आयोजना गरेको ब्याग झोला तालीममा मुख्य…

तामाङ भाषाको चलचित्र घ्रान (कसम) को दोस्रो गीत `तिङ मी ढुकढुक´ सार्वजनिक

काठमाण्डौ १५ फागुन तामाङ भाषाको चलचित्र घ्रान (कसम) को दोस्रो गीत `तिङ मी ढुकढुक´ सार्वजनिक भएको छ । मंगलबार काठमाडाैंमा चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरेका हुन् । गीतमा विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ भने संगीत विशालकै र एरेन्जर  चन्दसिंले गरेका हुन् । मोक्तान फिल्मस प्रा.लि.को ब्यानरमा तयार पारिएको चलचित्र जनक गुरुङले निर्देशन गरेका छन् । चलचित्रको कथा लेखन अमृत लामाको रहेको छ । सुकु माया मोक्तान, शुष्मा मोक्तान, सागर घिसिङ, सुनिता थिङ, शम्भु घिसिङ तथा विकास स्याङ्तानको मुख्य अभिनय रहेको यो चलचित्र बुद्ध…

गुरुङ भाषाको लेखनशैली एकरुपताका लागि गांउ गांउमा कार्यक्रम हुदै ब्यानर, प्रमाणपत्र र कार्यक्रममा गुरुङ भाषा नै प्रयोग गर्ने

पोखरा, १६ फागुन मातृभाषाहरु लोप हुदै गइरहेको अवस्थामा तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालले गाँउ गाँउमा गुरुङ भाषाको लेखनशैली एकरुपताका लागि कार्यक्रम गर्ने भएको छ । तमु धिं नेपालले हिमाली आदिवासी समाज नेपालको सहयोगमा भाषा संरक्षणका साथै लेखनशैलमा एक रुपता ल्याउनका लागि फागुन १६ गतेदेखि गाँउ गाँउमा कार्यक्रम शुरु गर्ने भएको हो । पहिलो चरणमा तमुवान क्षेत्रको लमजुङ, स्याङजा, तनहुँ र मनाङ जिल्लाका ४० वटा गाउहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने मंगलवार तमु धिं नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उक्त अभियानका लागि प्रशिक्षकहरु लमजुङ र मनाङका लागि गमबहादुर…

महिला जनप्रतिनिधिलाई महानगरको अभिमुखीकरण

पोखरा १६ फागुन । पोखरा लेखनाथ महागनपालिकाले स्थानिय तहमा निवाचित महिला जनप्रतिनिधिलाई बुधबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय सरकार संचालन ऐन २०७४ सम्वन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको हो । निवार्चित जनप्रतिनिधिलाई स्थानिय संचालन ऐन बारे जानकारी नहुदाँ सेवा प्रवाहमा समस्या देखिएकाले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दीर्घनारायण पौडेलले पञ्जिकरण, प्रदेश सरकार मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्याल र सह प्रशासक बाबुराम गौतमले नेपालको संविधान र जनप्रतिनिधिका अधिकार बारे जानकारी दिएका थिए । कार्यक्रमको उद्घाटन गदै पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर…

संघीय समाजवादी फोरम कास्कीको अध्यक्षमा गिरीप्रसाद तमु तमुवान प्राप्तिका लागि संघर्षरत रहने

  पोखरा, १६ फागुन संघीय समाजवादी फोरम नेपाल कास्कीको अध्यक्षमा गिरीप्रसाद तमु चयन हुनुभएको छ । फोरम कास्कीका अध्यक्ष दीपक तामाङ तमुवान—मगरात(प्रदेश ४) प्रादेशिक समितिको अध्यक्षमा निर्वाचित हुनुभए पश्चात पुर्नगठित जिल्ला समितिमा पार्टी स्थापनाकालदेखि कास्की सचिवको जिम्मेवारी बहन गर्दै आउनु भएका तमुलाई अध्यक्षमा चयन गरिएको हो । फोरमको बुधवार पोखरामा सम्पन्न अगुवा कार्यकर्ता भेलाले पुर्नगठित २९ सदस्यीय जिल्ला समितिको उपाध्यक्षहरुमा राम सिके र दिलिप तमु, सचिवमा कुलबहादुर भुजेल, सहसचिवमा ज्योति तामाङ, कोषाध्यक्षमा क्या.नरेश थापा, सहकोषाध्यक्ष धनबहादुर परियार चयन हुनुभएको छ। यसरी नै सदस्यहरु मा क्या.मदनप्रसाद तमु, सु.हरिमान तामाङ, टेकबहादुर तामाङ,…