बाल गायक अशोक दर्जीको घर निर्माण शुरु , यसरी भयाे शिलान्याश

दमक । युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए । शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई धन्यवाद समेत दिए ।…

दमकमा मजदुरकाे सचेतना कार्यक्रम सम्पन्न

दमक / झापाकाे दमक स्थित डाँफे मुनाल चाेकमा बुधबार ११ अाै गणतन्त्र दिवसकाे अबसरमा नेपाल यातायात मजदुर संघ हलुका सवारीले ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे छ । संघका अध्यक्ष गाैतम कुमार लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दमक ईलाका ट्राफिककाे सहकार्यमा सडकमा यात्रु बहाक सवारी लगायत पैदलयात्री, निजी सवारी चालक हरुलाई सचेत गराईएकाे थियाे । निलम बरुवालकाे संयोजकत्वमा रहेकाे कार्यक्रममा प्रमुख अतिथि ने .का. महासमिति सदस्य सुरेश सुब्बा, बिशिस्ट अतिथि ने .का. महासमिति सदस्य सेरबहादुर भट्टराई, अतिहरुमा महिला संघ नगर सभापति मन्दरा पाैडेल ,एशिन लाइफ इन्स्योरेन्स दमक शाखा प्रमुख शान्ति राम…

१८ औँ विश्व दुध दिवश दमकमा भब्य रूपमा मनाइदै

दमक । दमक नगरपालिका र नेपाल डेरी एसोसीएसन प्रदेश एकले सयुत्त रुपमा १८ औँ दुध दिवश मनाउने भएका छन् । यहि जेठ १८ गते एक कार्यक्रमको आयोजना गरी दिवश मनाइने नेपाल डेरी एसोसीएसन प्रदेश एकका संयोज हेम चन्द्र खनालले बताउनुभयो । मङ्गलबार दमक नगगरपलिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक खनालले दुध क्षेत्रका सरोकारवालहरु ,दमक नगरपालिका ,कृषक ,दुध ब्यवसाही र उद्यमीहरुबिचमा दुध क्षेत्रका समस्याहरुको समाधानका बिषयमा बिचार आदान प्रदान गरी दिवश मनाइने जानकारी दिनुभयो । दमकमा आयोजना हुने उत्त कार्यक्रम भुमिब्यवस्था ,कृषि तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीको प्रमुख आतिथ्य र भुमिब्यवस्था…

सामाजिक अभियन्ता नानी कमला र लक्ष्मी गुरुङद्वारा अपांग परिवारलाइ ७ लाख ७५ हजार ३१४ रुपैया सहयोग

पोखरा, १५  जेठ सामाजिक अभियन्ता नानी कमला गुरुङ(हङकङ) र लक्ष्मी गुरुङ(पोखरा)ले कास्की जिल्ला मादी गाउपालिका ७, थाक, नयागाउँ पुतलीडाडाको एकै परिवारका चार जना सुन्न र बोल्न नसक्ने अपांगहरुका लागि ७ लाख ७५ हजार ३ सय १४ रुपैया सहयोग हस्तान्तरण गर्नु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर र एकै परिवारमा चार जना अपांगहरुको दैनिक गुजारा, स्वास्थ्योपचार, स्याहारसुसारका लागि समस्या देख्नुभएकाले सामाजिक अभियन्ता थाक गाउकी चेली नानी कमला र सिक्लेसकी चेली लक्ष्मी गुरुङले नेपाल, हङकङ, युके, बेल्जियम लगायतका देशका सहयोगी मनहरुबाट संकलित उक्त रकमको चेक अपांगहरुकी आमा धनमाया थापा मगर र…

पृथ्वीहोटल ब्यबसायीसमितिको बैठक स्वरेकमा सम्पन्न ,चौथो अधिवेशन भदौमा हुने

पोखरा, १५ जेठ पोखरा स्थित पृथ्वीहोटल ब्यबसायी समितिको चौथो अधिबेसन भदौ पहिलो हप्ता हुने भएको छ । स्याङजाको स्वरेक मैदानमा बसेको समितिको बैठकले आगामी भदौ २ गते अधिवेशन गर्ने निर्णय गरेको हो । सो बैठकले बर्तमान कार्यसमितिको दुई बर्षे कार्यकालको समिक्षा गर्दे कार्यकाल सफल भएको निश्कर्ष निकालेको समितिका महासचिव बालकृष्ण निउरेले जानकारी दिए । यसैविच बैठक बस्न स्याङजाको स्वरेक गएको समितिको टोलीले भीरकोट ५ तिलाहार नेटा आधारभूत विद्यालयमा शैक्षिक तथा सरसफाईका सामाग्री वितरण ग¥यो । समितिले सो विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई झोला,कापी,कलम,साबुन, दन्तमञ्जन,बु्रस,विस्कुट चकलेट लगायतका सामाग्री वितरण गरेको हो…

जनजातिले जेठ २० गते पोखरामा बृहत प्रदर्शन गर्ने

पोखरा, १५ जेठ कास्कीका आदिवासी जनजातिहरुले जेठ २० गते पोखरामा बृहत प्रदर्शन गर्ने भएको छ । तमु धिं नेपालद्धारा आयोजित आदिवासी जनजाति अन्र्तक्रियात्मक भेलाले ४ नं. प्रदेशलाई तमुवान—मगरात प्रदेश नामाकरण गराउन, कटौती गरिएको आदिवासी जनजातिका चार्डपर्व विदा पुनःदिलाउन, आदिवासी जनजातिका भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन लगायतका मागसहित पोखरामा जेठ २० गते आइतवार बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो। जेठ २० गते बिहान ११ बजे पोखराको चिप्लेढुंगामा भेला भई कस्केली आदिवासी जनजातिहरु भेला भई आदिवासीय पहिचान, अधिकार, स्वाभिमान, नामेट गरिन लागिएको अस्तित्व रक्षाका लागि आन्दोलनको तयारीको लागि सांकेतिक प्रदर्शनका साथ प्रदेश…

Events Nepal को आयोजनामा रियालिटी शो कार्यक्रम “Nepal’s A-One Star” देशव्यापी रुपमा आउदै ।

Events Nepal को आयोजनाद्वारा सुरु गरिएको देशव्यापी एक विशाल कार्यक्रम हो “Nepal’s A-One Star” जसमा नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा सहित सहभागी हुन पाउनेछन् । देशमा स-साना धेरै कार्यक्रमहरु संस्थागत र ब्यक्तिगत स्वार्थको लागि आयोजना हुँदै आई रहेको छ ।प्रतिभाको कदर कम र ठुला धनराशिको चलखेल मच्चाइने खालका अनेक कयौं नामका रियालिटी शो कार्यक्रमहरु आए तर कुनै पनि त्यस्ता लुटतन्त्र मच्चाउने कार्यक्रमहरुबाट गतिला कलाकार र प्रतिभा जन्माउन सकेको छैन ,यहि भावनालाई महशुस गर्दै यस्तै कार्यक्रमबाट ठगिन पुगेका युवाहरु जुरमुराएर प्रतिभाको कदर गर्नका लागि एउटा छुट्टै देशव्यापी कार्यक्रम ल्याउन लागेका…

बाल गायक अशोकको घर बन्ने निश्चित, दमकमा किनियाे जग्गा ( भिडियाे  सहित )

झापा। युटुब मार्फत चर्चामा आएका झापा दमकका बाल गायक अशोक दर्जीको घर बन्ने निश्चित भएको छ । अशोकको पहिलो गीत रेकर्ड गर्न सहयोग गर्ने गायक तथा संगितकार टंक बुढाथोकीले जग्गा धनी अनन्तराम रिजाललाई चेक हस्तान्तरण गरेसँगै अशोकको घर बन्ने निश्चित भएको हो । अशोकका लागि घर निर्माण गर्न दमक नगारपालिकाको वडा नम्बर २ भालुकुडीमा आइतबार दश धुर जग्गा खरिद गरिएको छ । घर निमाणका लागि आवश्यक जग्गा खरिद गर्नभनि काठमाण्डौं देखी गायक बुढाथोकी झापा आएका थिए । जग्गा खरिदका क्रममा घर निमाण समितिका अध्यक्ष पूर्ण वाइबा, सचिव जिवन चुडाल, कोषाध्यक्ष…

दमकमा बजाजकाे अत्याधुनिक वर्कशप सन्चालनमा

दमक । झापाकाे दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ । वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङ ले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल शर्मा का अनुसार आफ्ना ग्राहकहरुको लागि एउटा जिम्मेवार स्वरुप अन्तर्राष्ट्रिय स्तरको वर्कशपको निर्माण गरीएको छ । वर्कशपमा पहिले भन्दा छिटोछरितो सर्बसुलभ रुपमा सेवा दिन सकिने र सेवालाई थप प्राविधियुक्त र गुणस्तरिय बनाउन लागि यो सेवा सन्चालनमा ल्याइएको हो । कार्यक्रममा न्यु सगम इन्टरपाइजेजले नया मोडेल र पावर बढी क्षमताभएका बजाज कम्पनिका डिसकभर १५०…

झापामा सवारी दुर्घटनामा परि एकको मृत्यु । ।

१२ जेठ । झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका– ५ पाथीभरा शसस्त्र प्रहरीको बेस क्याम्प अगाडी भएको सवारी दुर्घटनामा परेर कमल गाँउपालिका –३ बस्ने ३३ बर्षिय लोकेन्द्र पाण्डेको मृत्यु भएको हो । मृतक पाण्डे मोटरसाइकलमा सवार थिए । पश्चिमबाट पूर्व तर्फ जादै गरेको मे. ३ प ३९४५ नम्बरको मोटरसाईकललाई र बिपरित दिशाबाट आएको को. १ ज ९५३ माईक्रोबसले ठक्कर दिएको थियो । माईक्रोको ठक्करबाट गम्भिर घाईते बनेका पाण्डेको दमकको लाईफलाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका ट्राफिक कार्यालय दमकले जनाएको…