“सिन्धुपाल्चोक पहाडी ठाउँ ” भोलि रिलिज हुने ।

ओइश्मा स्याङ्बो को‌ शब्द,सन्देश लामाको संगित तथा‌ शशिकला मोक्तान को सुमधुर श्वर मा रहेको (सिन्धुपाल्चोक पहाडी ठाउ) गित को म्यूजिक भिडियो १६ गते ( बुढा सुब्बा) यूटुव च्यानल मार्फत सार्बजनिक हुदैछ प्रतिक्षा गर्नुहोला। कलाकार हरू:शीला तामाङ,ईम्रन तामाङ,अन्जु व्लोन,बिशाल शेर्पा। एरेन्जर: स्व: बबिराज छायांकन: अभिषेक‌ माझी कोरियोग्राफी: अष्टमान तामाङ निर्देशन: बिनायक‌

सुकुमाया फाउन्डेसनद्धारा निशुल्क छाता तथा झुल वितरण

साउन १३, सर्लाही / सुकुमाया फाउन्डेसनले जिल्लाको हरिवन नगरपालिका वडा नम्बर २ मा रहेको अति विपन्न १०० परिवारलाई निशुल्क झुल तथा छाता वितरण गरेको छ । तराइ क्षेत्रमा गर्मीको चाप बढे सँगै लामखुट्टेको विगविगी बढ्ने र यसबाट विभिन्न प्राणघातक रोग लागेर धेरैको मृत्युसमेत हुने भएकोले फाउन्डेसनले झुल वितरण गरेको हो । कार्यक्रमको प्रमुख आतिथि हरिवन नगरपालिका वडा न 2 लालभित्ता को वडाध्यक्ष अर्जुन महतोले सुकुमाया फाउन्डेसनको यो कार्यक्रम को प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा पनि यस्तो खालको सामाजिक कार्यक्रम लिएर आए आफू सधै सहयोग गर्न तयार रहेको बताउनु हुँदै फाउन्डेसन लाई…

विनोद बावु केसी को आवाजमा तिजको मौलिक गीत “टल्कियो टलक्क सितारा”(भिडियो सहित)

तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ ।मालती डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा विनोद बावु केसी र गायिका सुमित्रा काफलेको आवाजमा तीजको कोशेली “टल्कियो टलक्क सितारा”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुसार आफुले गीतलाई बजारमा ल्याएको गायिका सुमित्राले बताइन । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफनो सिर्जनालाई बजारमा ल्याउन पाउँदा निकै खुशी लागेको गायिका ले बताइन । डम्वर चन्द बगरको शब्द तथा लय सिर्जना गीतको…

गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” भिडियो सहित

काठमान्डाँै , साउन १३ नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा सिर्जना गरेको गायक ओलीले बताए । भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम…

पारुको शब्दमा ‘मैले त मन्त्र पढे तिम्रै नामको’ (भिडियोसहित)

नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ सार्वजनिक भएको छ । एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् । घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी…

दिल्पु मोक्तानको बेस्ट अफ लग एल्बम को तेस्रो गित ‘ पर्देशी भैयो ‘ सार्वजनिक ।

चर्चित गायक दिल्पु मोक्तानको बेस्ट अफ लग एल्बम को तेस्रो गित युटुब र टेलिभिजन बाट रिलिज गरिएको छ । एनबी थापाको सङ्गीत रहेको गीतमा दिल्पु मोक्तान र निर्मला घिसिङको स्वर भरिएको छ भने भिडियो पक्ष पनि निकै राम्रो बनाएको छ । भिडियोलाई सोनाम पाख्रीनले निर्देशन गरेका छन् भने क्यमेरामा उत्शब दाहलले साथ दिएको उक्त भिडियोलाई बिल्कुलै गाउले परिवेशको माया प्रेम झल्काएको छ । महेश थोकर (याङ्चु ) र क्रीस्टिना थापाले अभिनय गरिएको उक्त भिडियोमा आफ्नो प्रेमिलाई छोडेर बिदेश जनुको पीडा दर्साउन खोजिएको छ । हेर्नुहोस् भिडीयोमा