कानुन छिटो निर्माण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, १५ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय व्यवस्थाको प्रभावकारिताका लागि केन्द्रीय सरकारले आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज पोखरामा आयोजित मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले कानूनको अभावमा प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको बताउनुभयो । सङ्घीय व्यवस्था सफल बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले जनअपेक्षाअनुसार काम गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शान्ति र न्यायलाई संस्थागत गर्न सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पोखरा उच्च…

संयुक्त कार्यदलको अध्ययनप्रति दुवै प्रधानमन्त्री सन्तुष्ट

काठमाडौँ, १५ भदौ : नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको…

अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

भद्रपुर, १५ भदौ : अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाउँ भनी बिहीवार रिट दायर गरिएको थियो । अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनु भनी आज अन्तरिम आदेश जारी गर्नुभएको…

‘तुलाधर कम्युनिष्ट क्रान्तिका प्रतीक’ : प्रचण्ड

काठमाडौँ, १५ भदौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उहाँले तत्कालिन नेकपा(माओवादी)लाई शान्ति प्रक्रिया ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । जनयुद्ध शुरु गरेको दुई वर्षभित्र नै आफ्नो ज्यानलाई हत्केलामा राखी आफूले लुकिछिपी पद्मरत्न तुलाधरको घरमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौताको वातावरण तयार पार्न तुलाधर, दमननाथ ढुङ्गानाजस्ता…

रसुवागढी राजमार्ग अवरुद्ध हुँदा भन्सार राजस्व न्यून

रसुवा, १५ भदौ: गल्छी धुञ्चे रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । भएको आसपासमका दुई पहिरोमध्ये आज एक पहिरोमा मार्ग खोल्ने काम सम्पन्न भएको छ । यही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य आज अपराह्नदेखि शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार नदीपारितर्फ पहिरो खसेको ठाउँमा कडा चट्टान भएकाले सडक…

चर्चित गायक प्रताप दास को “ मैले भुल गरे ”मा चर्चित मोडल सोनिका रोकायाको कारुर्णिक अभिनय हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डाँै , भदौ १६ नेपाल आइडल बाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दास र भिजे तथा मोडल सोनिका रोकाया एकै साथ प्रताप दासको आवाजमा रहेको गीत “ मैले भुल गरे ” गीत बजारमा सार्वजनिक भएको छ । फरक धारबाट तयार पारिएको गीतमा प्रेमका नविन आभाषहरु ब्यक्त्त गरिएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मी ले एरेन्ज गरेका छन । गीतमा मायालु जोडिको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन…