सानोभर्‍याङको एक काष्ठ उद्योगमा आगलागी

  • ई-सरोकार
  • २०८१ श्रावण २९, मंगलबार
  • २१८ पटक पढिएको

सानोभर्‍याङको एक काष्ठ उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको सानोभर्‍याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ सानोभर्‍याङमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा आज राति ९ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ।

अहिले बौद्ध, बालाजु र जनसेवाका तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित