चर्चामा आउन रमेश खरेल मविरुद्ध लागे : कुलमान घिसिङ

  • ई-सरोकार
  • २०८१ श्रावण ३०, बुधबार
  • १७८ पटक पढिएको

चर्चामा आउन रमेश खरेल मविरुद्ध लागे : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्व डिआइजी रमेश खरेलले चर्चामा आउन आफू विरुद्ध लागेको बताएका छन् । बुधबार विज्ञप्तीमार्फत् घिसिङले आफ्नो छविमा आघात पुर्याउनले उद्देश्यले कसैको उक्साहटमा खरेल लागेको प्रष्टिकरण दिएका हुन्।

खरेलले विभिन्न समयमा आफूविरुद्ध भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै घिसिङले भनेका छन्, ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहीत स्वार्थकासाथ यस्ता कामहरु भइरहेका थिए र छन्।’

घिसिङले आगाडि भनेका छन्, ‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय ईमान्दारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु ।’

प्राधिकरणले हासिल गरेका प्रगतिबाट अत्तालिएको स्वार्थ समूह र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएकाहरु आफूविरुद्ध सुनियोजित रुपमा लागेका घिसिङको दाबी छ। ‘प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट