धादिङका बाढीपहिरो पीडितलाई लायन्स इन्टरनेशनलको राहत

  • ई-सरोकार
  • २०८१ आश्विन २२, मंगलबार
  • ८८२ पटक पढिएको

धादिङका बाढीपहिरो पीडितलाई लायन्स इन्टरनेशनलको राहत

काठमाडौं । लायन्स इन्टरनेशनल घद्दछप ले धादिङको धुनिबेसी नगरपालिकाका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ। धुनिबेसीको वडा नं ५, ६, ३ लगायत गरी ६ ठाउँमा २९० घरधुरीलाई राहत वितरण गरिएको हो।

लायन्स इन्टरनेशनल घद्दछप का प्रमुख गभर्नर, पदाधिकारीहरु श्रीकृष्ण मानन्धर, विष्णुहरि फुँयाल, हसनकुमार गोपाली र ट्रिजा ढकाल, लक्ष्मी थापा, दयाराम कार्की, जोन चेयरपर्सन राजकुमार बस्नेत, संगीता श्रेष्ठ धुनिवेसीका अध्यक्षलगायत जनप्रतिनिधिको रोहवरमा बाढीबाट अति क्षति भएका परिवारलाई राहत वितरण गरिएको हो।

क्षति भएको घरको फोटो, भिडियो र लालपुर्जाका आधारमा यकिन गरी राहत वितरण गरिएको थियो। कम क्षति हुनेका हकमा भने राहत सामग्री वितरण बाँकी नै रहेको बताइएको छ। संस्थाले असोज २३ गते काभ्रेको पनौतीका प्रभावितलाई राहत वितरण गर्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित