सुनचाँदीको मुल्य घट्यो

  • ई-सरोकार
  • २०८१ माघ ६, आईतबार
  • १४४ पटक पढिएको

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित