नेपाल प्रहरीका चार एआइजीको सरुवा

  • ई-सरोकार
  • २०८१ श्रावण २२, मंगलबार
  • १४३ पटक पढिएको

नेपाल प्रहरीका चार एआइजीको सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा, बज्राचार्य उपत्यका प्रहरी कार्यालयमा, ज्ञवाली प्रदेश समन्वय विभागमा र जोशी कार्य विभागमा सरुवा भएका छन्। जोशी हालै बढुवा भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित