
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिहरूको काम प्रतिस्पर्धी, पारदर्शी र परिपक्व बनाउन कार्यसम्पादन निर्देशिका बनाएको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन्।

निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, फरक विचार राख्ने आफ्नो या अन्य पार्टीमा रहेका व्यक्ति कोहीप्रति पनि फरक व्यवहार नगर्ने, आफ्ना बारेमा उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाई संयमले सम्बोधन गर्नुपर्ने जस्ता विषय समावेश छन्।
यसैगरी, आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी दुई महिनामा कम्तिमा एकपटक अनिवार्य पुग्नुपर्ने प्रस्ताव निर्देशिकामा गरिएको छ।
निर्देशिकाअनुसार कर्मचारीको मनोबललाई असर गर्ने कुनै पनि काम आफ्नो व्यवहारमा हुन नदिने, कुनै प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका या वडामा पदीय जिम्मेवारीअन्तर्गत पुग्दा सो तहको पार्टी समितिको नेतृत्वलाई अनिवार्य पूर्वसूचना दिनुपर्ने छ।
निर्देशिकामाथि केन्द्रीय समितिमा छलफल जारी छ। केन्द्रीय समितिले पारित गरेपछि कार्यान्वयनमा आउने छ।
हेर्नुस् निर्देशिकाको पूर्णपाठ:

