ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

  • ई-सरोकार
  • २०८१ श्रावण २७, आईतबार
  • २१९ पटक पढिएको

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको ज्यान गएको छ।

विमान दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलोस्थित ग्वारुलोस विमानस्थलका लागि उडेको थियो। चालक दलका चार सदस्य र ५८ यात्रु सवार विमान विन्हेदो भन्ने स्थानमा दुर्घटना भएको हो।

विमान आकाशबाट खसिरहेको भिडियोहरु सामाजिक संजालहरुमा पोष्ट भएका छन्। विमान मानव बस्तीमा खसे पनि बस्तिमा भने क्षति नपुगेको अधिकारीहरुले बताएका छन्। विमान खस्दा एउटा घरमा मात्रै क्षति भएको बताइएको छ।

अधिकारीहरुले दुर्घटनाको जाँच सुरु गरेको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित