संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको प्रस्ताव

  • ई-सरोकार
  • २०८१ श्रावण २७, आईतबार
  • १४२ पटक पढिएको

संविधान संशोधनका लागि  पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ।

आइतबारदेखि सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ। अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन्।

प्रतिवेदनमा समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठनको प्रस्ताव गरिएको छ।

संविधानमा संशोधन गर्दा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुपर्ने, प्रतिनिधिसभालाई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने तथा राष्ट्रियसभामा समेत जनसङ्ख्याको अनुपातमा सबै समुदायको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्नुपर्ने राजनीतिक प्रस्तावमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित