अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

  • ई-सरोकार
  • २०८१ श्रावण २०, आईतबार
  • १८० पटक पढिएको

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौं । बहुपति प्रथामा आधारित नेपाली वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयले अध्ययन सामग्रीका रुपमा पठनपाठनमा समावेश गर्ने भएका छन्। पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो।

सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा समावेश गराउन लागेको हो। को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ।

यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलोजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल एन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो।

घरमा जति दाजुभाइ छन्, सबैले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही बहुपति प्रथाको विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन्। करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो। साइन मिडिया प्रालिले निर्माण गरेको वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित