एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : पाँचै शव टिचिङमा, पोस्टमार्टम बिहीबारदेखि

  • ई-सरोकार
  • २०८१ श्रावण २३, बुधबार
  • १९६ पटक पढिएको

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : पाँचै शव टिचिङमा, पोस्टमार्टम बिहीबारदेखि

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाका मृतक पाँचैजनाको शव काठमाडौं ल्याइएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको शवको पोष्टमार्टम भोलिदेखि सुरु हुने अस्पतालले जनाएको छ।

बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको थियो। दुर्घटनामा हेलिकोप्टर सवार पाँचैजनाले ज्यान गुमाएका छन्। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

उद्धारका लागि दुर्घटनास्थलमा खटिएका सुरक्षाकर्मीले शव संकलन गरेर अस्पताल ल्याएका हुन्। भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित