डेडिकेटेड फिडर र ट्रंकलाइन

प्राधिकरणले संसदीय समितिलाई बुझायो ७० हजार पेजको विवरण

  • ई-सरोकार
  • २०८१ श्रावण २४, बिहिबार
  • १०३५ पटक पढिएको

प्राधिकरणले संसदीय समितिलाई बुझायो ७० हजार पेजको विवरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत् प्रयोग गरेको विद्युतको विवरण सार्वजनिक लेखा समितिलाई बुझाएको छ। बिहीबार प्राधिकरणले टिओडी मिटरको डाटासहितको ७० हजार पेजको विवरण संसदीय समितिमा पेश गरेको हो।

लेखा समितिले गत शुक्रबार प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो। सोमबार मात्रै लिखित पत्र पाएको प्राधिकरणले बिहीबार प्रमाण पेस गरेको हो।

लोडसेडिङको वेला नियमित महसुलमा प्रिमियम थप गरेर उद्योगहरूमा अधिकतम २४ घण्टासम्म विद्युत् सप्लाई गरिएको थियो। तर, त्यसको प्रिमियम महसुल तिर्न उद्योगीहरुले आनाकानी गर्दै शक्ति केन्द्र धाइरहेका छन्।

तीन वर्षअघि नै २२ चैत ०७७ मा लेखा समितिले उक्त बक्यौता उठाउन सरकारलाई निर्देशन दिएको थियो। तर, केपी ओली सरकारको नेतृत्वमा आएसँगै पुनः लेखा समितिले अध्ययन थालेको हो। लेखा समितिको सभापतिमा एमाले सांसद ऋषिकेश पोखरेल छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित