लोकतन्त्रमा व्यक्ति होइन व्यवस्था बलियो हुनुपर्छ : नेता रिजाल

  • ई-सरोकार
  • २०८१ श्रावण २५, शुक्रबार
  • १४२ पटक पढिएको

लोकतन्त्रमा व्यक्ति होइन व्यवस्था बलियो हुनुपर्छ : नेता रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति नभई व्यवस्था बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै रिजालले यस्तो बताएका हुन्।

‘लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ,’ उनले भने ।

कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेकोतर्फ पनि उनले सचेत गराए।

जनताको विश्वासमा घात हुन नहुने बताउँदै रिजालले भने, ‘कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित