सहकारीले सवा करोड फिर्ता दिएन, उपचार नपाएर पीडितको मृत्यु

  • ई-सरोकार
  • २०८१ श्रावण २८, सोमबार
  • १५२ पटक पढिएको

सहकारीले सवा करोड फिर्ता दिएन, उपचार नपाएर पीडितको मृत्यु

काठमाडौं । काठमाडौंको शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापितको टाउकाको शल्यक्रियाका लागि अस्पतालमा पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा ज्यान गएको छ।

स्थापितले जीवनभर कमाएको एक करोड ३३ लाख रुपैयाँ न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा राखेका थिए। तर, जीवनको उत्तरार्धमा सहकारीले उपचार गर्ने न्यूनतम रकमसमेत उपलब्ध नगराउँदा उनको ज्यान गएको हो।

साउन १७ गते शान्तिवाटिकामा रिले अनशनमा बसिरहेका सहकारीपीडितसँगै आन्दोलनमा सहभागी थिए राजेन्द्र । तर साउन २२ मा अचानक बेहोस भएपछि उनलाई श्रीमती ६४ वर्षीय ताद्रीबाबा बज्राचार्यले वीर अस्पताल लिएर गएकी थिइन् । परीक्षणपछि राजेन्द्रको ‘ब्रेन ह्यामरेज’ भएको पत्ता लाग्यो।

चिकित्सकले अप्रेसनका लागि पाँच लाख जम्मा गर्न भने। तर, जीवनभरको बचत सहकारीले खाइदिएका स्थापित परिवारले रकम जुटाउन सकेन। सोही कारण राजेन्द्र ज्यान गुमाएका पारिवारिक स्रोतले बतायो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट