टिआरसी विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन सभामा पेश

  • ई-सरोकार
  • २०८१ श्रावण २९, मंगलबार
  • ७१६ पटक पढिएको

टिआरसी विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन सभामा पेश

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभामा पेश भएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले मंगलबारको बैठकमा विधेयकसम्बन्धी प्रतिवेदन पेश गरेकी हुन्।

प्रतिनिधिसभाले दफावार छलफलका लागि पठाएको उक्त विधेयक समितिले साउन २४ गते सर्वसम्मतिले पारित गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित